आजको मौसमः देशका अधिकांश स्थानमा वर्षा

तु खबर संवाददाता
२०८१ आश्विन ११, शुक्रबार ०९:१२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रही नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जनाएको छ ।

त्यसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रही सबै प्रदेशको एक– दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।