दुर्घटनामा परेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ आश्विन १०, बिहीबार १६:१८

काठमाडौं । काठमाडौं महानगरपालिका–२, लैनचौरमा दुई स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भएका २१ वर्षीय रूपेश केसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गएराति लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

मृतक केसी बा प्र–०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक हुन् ।

प्रहरीले अर्का स्कुटर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।