बागमतीका मुख्यमन्त्रीद्वारा खादा र मालामा नअल्मलिन निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका छन् ।
मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच मुख्यमनत्री लामाले मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार भएको सरकारको हालसम्मको प्रगति र आगामी योजनाबारेको छलफलका व्रmममा मुख्यमन्त्री लामाले यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा मन्त्रीहरूलाई मन्त्रालयमा बसेर आफ्नो मन्त्रालय अन्तर्गतका कार्यव्रmम र योजनाहरू कार्यान्वयमा केन्द्रित हुन मुख्यमन्त्री लामाले निर्देशन दिएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विनोद शाहले जानकारी दिए ।
मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरूलाई महिनामा दुई पटक मन्त्रालयको प्रगति विवरणबारे मुख्यमन्त्रीलाई जानकारी गराउन, खादा र मालामा सीमित नबन्न र प्रदेश राजधानीबाहिर जानुपर्दा जानकारी गराएर मात्र जानसमेत अनुरोधन गरे ।
उनले चालु आवमा भएका योजना र बजेट शतप्रतिशत खर्च गर्न मन्त्रीहरूलाई सक्रिय रहन पनि आग्रह गरे ।
छलफलमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेस संसदीय दलका मुख्य सचेतक, प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता रहेको थियो ।
