बिहीबार १५ सयले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारको तुलना शुक्रबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँ बढेको जनाएको छ ।
भाउ बढेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ६७ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको भाउ पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको भाउ शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको जनाइएको छ ।
