२ पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १५:५७
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकाको दुई छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी पन्चेटारकै कुलोमा बिहीबार मृत अवस्थामा भेटिएका हुन् ।

त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत अवस्थामा भेटिएका हुन् ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।