समाचार

थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ६ सयष् ९८ पीसीआर र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने

काठमाडौं । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको जनाएको छ । अर्थको सहमति मन्त्रिपरिषदबाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई...

हेटौँडामा विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश गरेका हुन् । शुक्रबार पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले...

बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइनमार्फत भुक्तानी हुने

मकवानपुर । बागमती प्रदेशमा सवारीसाधनको राजश्व अब अनलाइमार्फत भुक्तानी हुने भएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले प्रदेशमा रहेको सवारीसाधनहरुको राजश्व अनलाइनमार्फत नै भुक्तानी गर्ने व्यवस्था मिलाएको हो । उक्त व्यवस्थाको आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा अयोजित एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री पौडेलले...

बागमती प्रदेशमा जवरजस्ती करणीका घटनामा बृद्धि

मकवानपुर । बागमती प्रदेशमा विगतका आर्थिक वर्षहरुको तुलनामा जवरजस्ती करणीका घटनामा बृद्धि भएको छ । प्रदेशको काठमाडौं उपत्यका बाहेक १० जिल्लामा विगतका वर्षभन्दा आर्थिक वर्ष २०७७/०७८ मा जवरजस्ती करणको घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध रहेको मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा यातायात संचालनमा आएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङ् सडकमा आज बिहान सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध रहेको थियो । आज बिहान करिब ३५ मिटर पहिरो खसेको र उक्त पहिरो सडकविभागको...

अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कपिलवस्तु वाणगंगा–४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका–२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा(१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई...

मकवानपुरको सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङ् सडकमा आज बिहान सुख्खा पहिरो जाँदा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । प्रवक्ता रिमालका अनुसार, बिहान...

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७...

बागमतीमा अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने

मकवानपुर । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था सुरु गर्ने भएको हो । उक्त व्यवस्थाको शुभारम्भ बागमती प्रदेशका मुख्यमनत्री डोरमणि पौडेलले गर्ने भएका छन् । यसका साथै सवारीसाधनको कर तथा जरिवाना पनि...