थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ८,शुक्रबार १७:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार ६ सयष् ९८ पीसीआर र ३ हजार ६ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका १ हजार ६ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको कूल संख्या ६ लाख ३९ हजार ३ सय ६८ जना पुगेको छ ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९ हजार ६ सय ७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।