अमेरिका पठाउँछु भन्दै ७४ लाख ठगी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण ८, शुक्रबार १५:१७

काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाउने भन्दै ७४ लाख ९५ हजार ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु वाणगंगा–४ का २४ वर्षीय विनोद भुसाल, पोखरा महानगरपालिका–२ मिरूवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा(१२ रानीपौवाका ३० वर्षीय प्रकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरको हो।

विगत दुई वर्षदेखि उनीहरूले पटक–पटक गरेर ठगी गरेको भन्दै पीडितले साउन १ गते ब्युरोमा उजुरी दिएका थिए।

ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले बताए।

पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्युरोले जनाएको छ।