पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन
२०७८ श्रावण ८, शुक्रबार १५:३५
मकवानपुर । सुख्खा पहिरोका कारण अवरुद्ध रहेको मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा यातायात संचालनमा आएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङ् सडकमा आज बिहान सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध रहेको थियो ।
आज बिहान करिब ३५ मिटर पहिरो खसेको र उक्त पहिरो सडकविभागको प्राविधिक टोलीले पन्छाई आजै अपराह्नबाट यातायात सेवा संचालनमा ल्याएको मकवानपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व पश्चिम राजमार्गलागयतका सडकखण्डहरु पनि सुचारु अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
