समाचार
क्रियाशील सदस्य घिमिरे कांग्रेसमै फर्किए
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर –३ निवासी कांग्रेसका क्रियाशील सदस्य उद्धव घिमिरे पुनः कांग्रेसमै फर्किएका छन् । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उनी पुनः कांग्रेसमै फर्किएका हुन् । उनलाई कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेले खादा लगाएर स्वागत गरेका हुन् । कांग्रेसका जिल्ला सदस्यसमेत रहेका...
सडक दुर्घटनामा युवकको मृत्यु
दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग...
एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६...
‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभिइक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । दीपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी महासङ्घले आइतबार साँझ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देश विकासका लागि हेभिइक्विपमेन्ट व्यवसायीको भूमिका उल्लेखनीय छ भनिन् । “हेभि...
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ । गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ला गरेको उक्त आईपीओ मंगलबार बाँडफाँड हुने भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले...
कर्णाली प्रदेशका ३ मन्त्री आज पदमुक्त हुँदै
सुर्खेत । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज (सोमवार) पदमुक्त हुँदैछन् । प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाइने कानूनी व्यवस्था अनुसार उनीहरु आज पदमुक्त हुने भएका हुन् । आज सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...
मुख्यमन्त्री आचार्यको छिनोफानो आज
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (सोमबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री आचार्यले आज अपराह्न १२ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाका अनुसार, बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने...
त्रिअविको महाप्रबन्धकमा गुरागाईँ
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहनुभएका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहनुभएका...
नेपाल–भारतमैत्री बससेवा पुन : सञ्चालनमा
राँझा । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो । कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी...
गण्डकीमा २६७१ सहकारी, उद्यमशीलताको विकास हुँदै
गण्डकी । गण्डकी प्रदेशमा २६७१ सहकारीमार्पmत आर्थिक गतिविधि सञ्चालन भएको एक प्रतिवेदनले देखाएको छ । सहकारिताको मुख्य लक्ष्यका साथ देशभर सहकारी खोल्ने क्रम बढिरहँदा प्रदेशभित्र ठूलो सङ्ख्यामा सहकारी रहनुका साथै धेरै सर्वसाधारणको सहकारीमा आकर्षण बढेको पाइएको हो । सामान्य ऋण सहयोगका लागि साहुका घरघर गुहार्नुपर्ने बाध्यतालाई सहकारीले अन्त्य गर्नुका...