समाचार
प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजेदेखि शुरू हुनेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन,...
यस्तो छ आजको लागी विदेशी मुद्राको बिनिमय दर
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको...
संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी निर्णय असार १८ मा सुनाइने
काठमाडौं । संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमाथिको फैसला आउँदो असार १८ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा आज भएको सुनुवाइपछि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विरुद्धको फैसला आगामी असार १८ गते सुनाउने जानकारी गराएको हो । आज सुनाउने भनिएको सो रिट सम्बन्धी निर्णय असारमा तोकिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह...
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...
महानगरको पिउने पानीमा कोलिफर्म, २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकालाई पिउने पानी आपूर्ति गरिरहेको सीएन इनटरप्राइजेजको पानी पिउन अयोग्य पाइएपछि महानगरले २ लाख जरिवाना तोक्दै ठेक्का रद्द गरेको छ। काठमाडौंको कृषि तथा पशुपन्छी विभागले सीएन इनटरप्राइजेजले पठाएको पिउने पानीको परीक्षण गरेको थियो। परीक्षणको क्रममा उक्त पानीमा कोलिफर्म पाइएपछि जरिवाना तोकेको हो। महानगरले उक्त ठेकेदार कम्पनीलाई...
सर्वोच्च अदालतको न्यायाधीशमा ३ जनाको नाम सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । आज मंगलबार बसेको न्याय परिषद्को बैठकबाट सिफारिस हुनेहरुमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेको न्याय परिषद्को सूचनामा उल्लेख छ । परिषद्ले...
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न...
१३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो साढे १३ खर्ब रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा विप्रेषण...
प्रधानमन्त्री र अर्थमन्त्रीविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं । गिट्टी–ढुङ्गा निर्यातसम्बन्धी बजेट प्रावधानलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको यो मुद्दा आइतबार सर्वोच्चमा दर्ता भएको हो। त्रिपाठीले सरकारले सर्वोच्च अदालतको पूर्व आदेश विपरीत बजेटमा फेरि...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड...









