समाचार

समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ : नेता सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवले राजीनामा दिनुपर्ने माग गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै सापकोटाले उनीहरुले राजीनामा दिनुपर्ने माग गरेका हुन् । कुलिङ पिरियडमाथि भएको किर्तेले सांसदको गरिमाथि गम्भीर...

कुलिङ पिरियड विवादले स्थगित भयो राज्य व्यवस्था समितिको बैठक

काठमाडौँ । प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक कुलिङ पिरियड सम्बन्धी विवादका कारण स्थगित भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कुलिङ पिरियड सम्बन्धी प्रावधानमा किर्ते गरी बाहेक थपेको खुलासा भएपछि अहिले समितिका सभापति रामहरि...

मन्त्रालय साटफेर र मन्त्रीहरु परिवर्तन छिट्टै, एमालेबाट नयाँ गृहमन्त्री को ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्केको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेससँगको मन्त्रालय बाँडफाँड परिवर्तन गर्ने भएका छन् । नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले सरकारमा रहेर काम गरेका मन्त्रीहरुको नजिताको आधारमा सरकारबाट फिर्ता बोलाउन सक्ने बताएका छन् । स्रोतका अनुसार नेपाली...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १७ गते अमेरिकी डलरको भाउ ४५ पैसाले वृद्धि भएर खरीददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ। यसदिन अष्ट्रेलियन डलरको खरीददर ८९.४६ रुपैयाँ र बिक्रीदर ८९.८६ रुपैयाँ, १० जापानिज यनको खरीददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ, कतारी रियालको...

बागमतीमा सेटिङको बजेट सच्याउन माओवादीसमेतका दलको माग

हेटौंडा । बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा तीब्र विवाद देखिएको छ । पटक पटक सारिएको बैठक अब १९ गतेलाई बस्ने गरी सरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादीसमेतका ३ दलले सेटिङको बजेट सच्याउन माग गरेका छन्, अन्यता मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत...

प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच सोमबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको आयोजनमा स्पेनमा जारी विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल अहिले स्पेनमा रहेको छ । सो क्रममा ओलीले महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो...

निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमद्वारा जारी गरिएको विज्ञप्ती अनुसार, पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि भएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...

दिलभूषण पाठकविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ । परिवर्तित नाम साइबर ब्युरोको उजुरीको आधारमा पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पाठकविरुद्ध मुद्धा दायर हो । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम पाठक विरुद्ध दायर भएको मुद्धामा एक लाख जरिवाना र ५ वर्ष कैद...

हवाई नीतिको नयाँ मस्यौदा सार्वजनिक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १९ वर्षपछि हवाई नीति, २०८२ ल्याउनेगरी बहसको लागि मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयकाअनुसार हवाई नीति, २०६३ जारी भएपछि सो क्षेत्रमा देखिएका परिवर्तन, उपलब्धिले सिर्जना गरेका नयाँ अवसर र समस्याको सम्बोधन गर्नेगरी नयाँ नीति ल्याउन खोजिएको हो । प्रस्तावित मस्यौदामा नेपालको...

बारामा ट्रक दुर्घटनामा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ। आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक जङ्गल क्षेत्रमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि दुबै ट्रक सडकको बायाँतर्फ पल्टिएका थिए। हेटौंडाबाट पथलैयातर्फ जाँदै...