समाचार

रवि लामिछानेको निवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सर्वोच्च अदालतका न्यायधीशहरु डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सो रिट सुनुवाइ भइरहेको हो । लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले रिट...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित

काठमाडौं । जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक पारित भएको हो । यसअघि प्रतिनिधिसभामा पेस भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक...

सर्वोच्चद्वारा बीमा प्राधिकरण अध्यक्षको नियुक्ति सम्बन्धी सक्कल फाइल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको छ । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो। ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७...

बागमती प्रदेशसभा बैठक सुरु, नेताहरुको शुभकामनापछि स्थगित हुने

हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार ढिलो गरी सुरु भएको छ । निर्धारित समयभन्दा ३ घण्टा ढिलो गरी बैठक सुरु भएको हो । आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन नसकेपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको छ...

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित सिमानामा बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका पाइपहरु बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । गत अशोजमा आएको...

रसुवा नाकाबाट सात किलो सुन बरामद

काठमाडौँ । रसुवा नाकाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार चीनबाट नेपालतर्फ आउँदै गरेको एक ट्रकमा लुकाइछिपाई ल्याइँदै गरेको अनुमानित ७.५ किलो सुन बरामद गरिएको हो। प्रहरीले सो ट्रकका चालकलाई पक्राउ गरेको छ भने बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ। पछिल्लो समय...

आयल निगमका कार्यकारी निर्देशक डा. भट्टलाई कारबाही गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टलाई कारबाही गर्ने तयारी गरेको छ । अनियमिततामा संलग्न रहेको आरोप लागेसँगै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको हो । अनियमितता र कार्य सम्पादनमा कमजोरी देखिएको ठहर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोधेको छ । आज...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकलाई समितिमा पठाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहान बस्ने भएको छ । बिहान ११ बस्ने तय भएको सो बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ । त्यसैगरी,नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा,...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ

काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका वडा नम्बर १ र २ का विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका७ बस्ने ३८ वर्षीय जोनी राई, सोही गाउँपालिका-५ बस्ने १९ वर्षीय अशोक कटुवाल, लेटाङ नगरपालिका-६ बस्ने ३२ वर्षीय...