सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक

तु खबर संवाददाता
२०८२ असार २८, शनिबार १७:०१

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । सय बर्षको उमेरमा बास्कोटाका पिता हरिहर बास्कोटाको निधन भएको हो ।

समाजिक क्षेत्रमा समेत सक्रिय बास्कोटाले समाजका लागि महत्वपूर्ण योगदान गरेका छन् । उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उनका दुई छोरी र चार छोरा रहेका छन् । बास्कोटाको आजै पशुपति अर्यघाटमा दाहसंस्कार गरिएको छ ।