समाचार

सुनको मूल्य सार्वजनिक हुनै छोड्यो, देशभर कारोबार ठप्प

काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् । आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट०...

थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरी विरुद्ध अख्तियारद्वारा मुद्धा

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित पाँचजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरीसमेत तत्कालीन लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, ईन्जिनियर सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका...

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै

काठमाडौं । स्पेन भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आजको सम्बोधनमा प्रधानमन्त्रीले स्पेन भ्रमणबारे जानकारी दिने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । संयुक्त राष्ट्रसंघद्वारा आयोजित विकासका लागि वित्तसम्बधी चौथो सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीले यसबारे प्रतिनिधिसभालाई जानकारी...

व्यवस्था निलम्बन गर्न कांग्रेस नेतृ डिनाको माग

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले पार्टीको विधानमा उल्लेख गरिएको ‘चार वर्षमा सबै तहमा अधिवेशन’को व्यवस्था कार्यान्वयन गर्न असम्भव भएको भन्दै त्यसलाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेकी छन् । आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले वडादेखि केन्द्र तहसम्म चार वर्षमा अधिवेशन गर्ने भनिए पनि त्यो व्यवहारमा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.३४ रुपैयाँ र बिक्रीमूल्य १३६.९४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीदमूल्य ८९.३४ रुपैयाँ र बिक्रीमूल्य ८९.७४ रुपैयाँ र जापानिज यन १० को खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ...

आज प्रतिनिधिसभाको बैठकः यस्ता छन् एजेण्डा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले विधेयकहरु टेबुल गर्ने कार्यसुची छ । कार्यसूची अनुसार, सचिव राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’...

चुवाखोलामा बेलिब्रिज उद्घाटन,हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला कर्णाली नदीमा नेपाली सेनाद्वारा निर्मित बेलिब्रिजको उद्घाटन गर्नुभएको छ। यो पुलको निर्माणसँगै देशका ७७ वटै जिल्लाका सदरमुकामहरू राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिएका छन्। पक्की पुल निर्माणका लागि समय लाग्ने भएकाले वैकल्पिक रूपमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो। गत...

बेरुजु नबढाउने गरी काम गरौंः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजूका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन...

सुनचाँदी व्यवसायी आन्दोलित

काठमाडौं । सरकारद्वारा चालु आर्थिक वर्ष २०८२/८३ मा सुनचाँदी तथा रत्न–आभूषण व्यवसायमा लगाइएको नयाँ करप्रति असहमति जनाउँदै व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरूपमा साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्। महासंघहरूले संयुक्त विज्ञप्तिमार्फत असार २७ गतेसम्म काठमाडौं उपत्यकाभर विभिन्न...

सीटीईभीटीद्वारा डिप्लोमा कार्यक्रममा निःशुल्क छात्रवृत्तिका लागि आवेदन खुल्ला

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन आह्वान गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूलाई २०८२ साउन ११ गतेभित्र आवेदन...