कल्याणपुरका नगर प्रमुख राम पुकार साह घुसकाण्डमा पक्राउ

तु खबर संवाददाता
२०८२ श्रावण २३, शुक्रबार १९:३९

काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका एक लाख घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको छ ।

नगर प्रमुख साह एक लाख घुस रकमसहित पक्राउ परेका थिए ।

अख्तियारले एक लाख नै बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ख० बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जानकारी दिएको छ ।