समाचार
एनआरएनए टर्कीको अध्यक्षमा डा. पौडेल निर्वाचित
इस्तानबुल । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको अध्यक्षमा डा. विनोद पौडेल निर्वाचित भएका छन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा श्याम काल राई, उपाध्यक्ष महिलामा मन्दिरा खत्री, उपाध्यक्षमा दोर बहादुर खड्का, महासचिवमा मोहम्मद जावेद अन्सारी, सचिवमा श्याम पाण्डे, कोषाध्यक्षमा भीमकान्त अर्याल, उप-कोषाध्यक्षमा नसिमा खातुन, युवा संयोजकमा अमृत थापा र महिला संयोजकमा...
मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमाथि आज निर्णय गरिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमाथि आजबाट प्रकृया अघि बढाइने भएको छ । गत साउन ९ गते नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा २१ प्रदेशसभा सदस्यले मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता गरेका थिए । चालु आर्थिक वर्षको बजेटमा अर्थिक...
आज नाग पञ्चमी मनाइँदै
काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाउँदैछन्। यो दिन घरको मूल ढोकामा नागको चित्र टाँसी दूध, अक्षता, आदि चढाएर पूजाआजा गर्ने परम्परा छ। नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। हिन्दू धर्ममा नागलाई धन, पानी र रक्षासँग जोडिएको देवता मानिन्छ। विशेष गरी वर्षा ऋतुमा नागहरूको कृपाका...
विमल पौडेल मुख्य रजिस्ट्रार सिफारिस
काठमाडौँ । उमेर हदका कारण मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल अवकाशमा गएपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा न्याय सेवा आयोगले विमल पौडेललाई सिफारिस गरेको छ । यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत पौडेललाई मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो । सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ । निजामति कर्मचारी...
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...
सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता
काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो। वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ यत्तिकै छाडेर उनीहरू घरबाट बेपत्ता भएका छन्। सिन्धुली प्रहरीले यसबारे बुझ्ने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ। स्थानीयले आइतबारदेखि...
देशका मुख्य १३ राजमार्ग अवरुद्ध
काठमाडौं । वर्षासँगै देशका अधिकांश स्थानका मुख्य राजमार्गहरु अबरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभरीका १३ वटा राजमार्ग अवरुद्ध रहेको जनाएको हो । हाल काठमाडौं–नुवाकोट, कोशी राजमार्ग, नेपाल र चिन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक खण्ड, अरनिको राजमार्ग, मध्य–पहाडी लोकमार्ग, कालिगण्डकी राजमार्ग लगायत मुख्य...
जर्मनीमा रेल दुर्घटनामा परी तीन जनाको मृत्यु, कैयौं घाइते
काठमाडौं । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६ः१० बजे भएको हो। डोइचे बान रेल सेवा प्रदायक कम्पनीले रेल ‘अज्ञात कारण’ ले दुर्घटना भएको...
संसदका पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज सोमबार संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । मानव अधिकारसम्बन्धी...
प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन गएका छन् । त्यहाँका विभिन्न स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि शाक्य आफै चितवन तर्फ गएका हुन् । चितवनको चनौली सबस्टेशनले विद्युत् कटौती हुने बारेको सूचना प्रकाशित गरेपछि लोडसेडिङ गरेको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ । चितवनमा पछिल्लो समयमा टाँडी,...










