समाचार

किन गरिन् फैसलामा न्यायाधीश सपना मल्ल प्रधानले आत्मालोचना

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले ५२ संवैधानिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी रिटमा आत्मआलोचना गरेकी छिन् । रिट निवेदकले माग गरेको परमादेश सम्बन्धमा फरक राय लेखेकी मल्ले सो रायको ५ औँ प्रकरणमा ‘आफ्नै सतर्कताको निमित्त यस्तो प्रवृत्ति दोहोरिन दिन हुँदैन’ भनी यो आत्मलोचना गरेकी छु भनेकी...

नामटारमा प्रहरीको सर्च, गाँजा सम्बन्धी अभियोगमा एक जना नियन्त्रणमा

मकवानपुर । कैलाश गाउँपालिका वडा नं. ९ नामटारबाट प्रहरीले गाँजा खेती गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका मध्ये एक जनालाई छोडिएको छ भने अर्का अर्जुन रुम्बालाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार, सर्चमा प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा टोली नामटार...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २९ पैसाले घटेर खरीददर १३६.८३ रुपैयाँ र बिक्रीदर १३७.४३ रुपैयाँ कायम भएको छ। यता एक युरोपियन यूरोको खरीददर १६०.९५ रुपैयाँ र बिक्रीदर १६१.६६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरीददर ८९.८४ रुपैयाँ र बिक्रीदर ९०.२४ रुपैयाँ, १० जापानिज यनको खरीददर...

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते

बारा। जितपुरसिमरा उपमहानगरपालिका सिमरामा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा गए राति विस्फोट भएको छ । बिस्फोटमा परी घाइते हुनेमा भारत विहारको सीतामडी बस्ने ३५ वर्षीय अजय बैठा रहेका छन् । अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक...

अध्यादेशमार्फत् नियुक्त ५२ जनाको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई सदर गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोज कुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका सम्बन्धमा सुनुवाइ गर्दै आएको थियो । न्यायाधीशहरुबीच रायबाझी भएपनि बुधबार मध्यराति...

साम्बाको ह्याट्रिकमा नेपाल बिजयी

काठमाडौं । टिम कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा श्रीलंकालाई स्तब्ध पार्दै विजय भएको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित फराकिलो जीत निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २...

घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक समेत रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मंगलबार छापा मारी ५२ जनालाई नियन्त्रणमा लिएको हो। ब्युरोका अनुसार...

सरकारी सुबिधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको निवेदन

काठमाडौँ । सक्रिय राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायललाई अनुरोध गरेकी छिन् । निवेदन नै दिएर पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि अनुरोध गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले आज असार १८ गतेकै मितिदेखि लागू हुने गरी सुविधा नलिने गरी अनुरोध...

गल्ती सच्याइदिन राष्ट्रियसभालाई राज्य व्यवस्था समितिको पत्र

काठमाडौं । प्रतिनिधिसभाबाट पारित विधेयकमा गल्ती भएको खुलासा भएपछि आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्यसलाई सच्याइदिन राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिका सभापति रामहरि खतिवडाको अध्यक्षतामा भएको बैठकले विधेयकको कुलिङ पिरियड सम्बन्धमा भएको गल्ती सच्याइदिन अनुरोध गर्ने निर्णय गरेको हो । विधेयकको उपदफा ४...

दलाई लामाको उत्तराधिकारबारे चीनको अडान: अनुमोदन गर्ने अधिकार बेइजिङसँग मात्रै

चीनले वर्तमान दलाई लामाको उत्तराधिकारी चयन गर्ने अधिकार केवल केन्द्र सरकारसँग रहेको दाबी गर्दै पुन: एकपटक तिब्बती धार्मिक मामिलामा आफ्नो नियन्त्रण कायम राख्ने संकेत दिएको छ। बुधबार नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “दलाई लामाको पुनर्जन्म प्रक्रिया केन्द्रीय सरकारले अनुमोदन गर्नुपर्छ।” उनको यो भनाइ दलाई...