इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका ६ मन्त्रीको टुंगो

तु खबर संवाददाता
२०८२ श्रावण २०, मंगलवार १०:३१

काठमाडौं – नेकपा एमालेले बागमती प्रदेशमा कांग्रेसका इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाएको छ। एमालेको भागमा परेका ६ मन्त्रीमध्ये एक जना दोहोरिएका छन् भने बाँकी पाँच जना नयाँ अनुहार रहनेछन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पुनः किरण थापामगरले सम्हाल्ने भएका छन्। उनी यसअघि पनि सोही मन्त्रालयमा थिए।

एमालेले अन्य मन्त्रालयहरूमा निम्न व्यक्तिहरूलाई पठाउने निर्णय गरेको छः

  • श्रम, रोजगार तथा यातायात मन्त्री: जयराम थापा (काठमाडौं)
  • वन तथा वातावरण मन्त्री: भरतबहादुर केसी (दोलखा)
  • कृषि तथा पशुपन्छी विकास मन्त्री: मधुसुधन पौडेल (ललितपुर)
  • भौतिक पूर्वाधार विकास मन्त्री: डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं)
  • उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री: विन्दु श्रेष्ठ (काठमाडौं)

यसअघि कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बन्ने दाबी गर्दै प्रदेश प्रमुख समक्ष हस्ताक्षरसहितको समर्थन बुझाएका थिए। आजै उनको मुख्यमन्त्री पदको सपथ हुने कार्यक्रम तय भएको छ।