इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त समर्थनसहित ६४ जना सांसदको बहुमत प्राप्त गरेपछि बानियाँले सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
मकवानपुर निवासी बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत हुन्।

