काँग्रेस मकवानपुरद्वारा मुख्यमन्त्री बानियाँलाई सम्मान

तु खबर संवाददाता
२०८२ श्रावण २१, बुधबार १७:१७

हेटौंडा । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेपाली काँग्रेस जिल्ला समिति मकवानपुरले आज स्वागत तथा सम्मान गरेको छ ।

पार्टी सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति समेत रहेका बानियाँलाई स्वागत तथा सम्मान गरिएको हो ।

मकवानपुर घर भएका बानियाँ एक कार्यकाल मकवानपुर पार्टी सभापति समेत रहेका थिए । बानियाँले मुख्यमन्त्री भएर काँग्रेसको गरिमा वृद्धिमा भूमिका निर्वाह गरेकोमा सम्मान गरेको मकवानपुर सभापति बुद्ध लामाले बताए ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले हिजो बानियाँलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण समेत गराएका थिए ।