समाचार
त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त
काठमाडैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिका लागि दिपक अर्याल सहित खड्ग केसी र प्रा.डा विनिल अर्यालको नाम सिफारिस गरेको थियो। यी तीनजनामध्येबाट कुलपति एवं...
आठ जटिल रोगका बिरामीले दुई लाख उपचार सुविधा पाउने स्वास्थ्यमन्त्रीको घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडलेलले स्वास्थ्य बीमामा आवद्ध बिरामीले आठ प्रकारका जटिल रोगमा दुई लाख रुपैयाँ उपचार सुविधा पाउने घोषणा गरेका छन्। पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा पाउनेछन्। यसअघि यी आठ प्रकारका जटिल रोगले ग्रसित...
कालुङ्खोला लघु जलविद्युत्को पावर हाउस बगाएपछि १३० परिवारको घरमा विद्युत बन्द
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोलाले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । १३० घरमा बिजुली आपूर्ति गरीरहेको उक्त आयोजनाको पावर हाउस नै बाढीले बगाएपछि विद्युत उत्पादन बन्द भएको हो । बाढीले खरेयाबोटका दुई परिवार विस्थापित भएका छन् भने सात परिवार बाढीपहिरोको जोखिममा छन्। बाढीले केन्द्रीय...
दाउन्ने सडकखण्डमा रोड भासियो पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा रोड भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बर्दघाट–४ स्थित खुर्सानी खोलानजिकको सडक भासिएपछि दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो। स्थानीय प्रशासनका अनुसार सडक भासिएसँगै वैकल्पिक मार्ग नभएकाले यात्रु र सवारी चालकहरूलाई ठूलो समस्याको सामना गर्नु परेको छ। वर्षाका कारण सडक मर्मत कार्य सुरु गर्न...
सरकार र चिकित्सक संघबीच तीन बुँदे सहमति, आन्दोलन स्थगन
सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच तीन बुँदे सहमति भएपछि संघले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएका छन्। उपभोक्ता अदालतको फैसलाविरुद्ध सुरु गरिएको आन्दोलन अन्त्यसँगै आज (बुधबार)देखि देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य सेवा प्रभावित हुने गरी चिकित्सकहरूले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका थिए। उपभोक्ता...
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १३६.८२ रुपैयाँ र बिक्रीमूल्य १३७.४२ रुपैयाँ तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरीददर ८९.५४ रुपैयाँ र बिक्रीदर ८९.९३ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४८ रुपैयाँ र बिक्रीदर...
भोटेकोशी बाढीको प्रकोप: २० बेपत्ता, चीनसँगको व्यापार ठप्प
रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीमा परी २० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये ३ जना नेपाल प्रहरी र ६ जना चिनियाँ नागरिक रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको नेतृत्वमा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा उद्धार कार्य जारी छ। हालसम्म ५५...
भोटेकोशी–सुनकोशी क्षेत्रमा बाढीको उच्च जोखिम: नागरिकलाई सतर्क रहन आग्रह
काठमाडौँ । छिमेकी मुलुक चीनको तिब्बत क्षेत्रअन्तर्गत पर्ने न्यालममा वर्षा तीव्र भइरहेको र राति थप भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी प्राप्त भएपछि भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। चिनियाँ अधिकारीबाट आएको सूचनाका आधारमा संभावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले...
नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार: दुई भारतीय नागरिक पक्राउ
नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार ललितपुरको सानेपाबाट उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो। पक्राउ परेका दुवै जना लामो समयदेखि नेपालमा बसेर अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेको सीआईबीले जनाएको छ। पक्राउ पर्नेमा भारतको...
सरकार र चिकित्सकबीच साँझ वार्ता
काठमाडौं । आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारका प्रतिनिधिबीच आज साँझ वार्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री प्रदिप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानून मन्त्री अजय चौरसियालाई चिकित्सकहरुसँग वार्ता गरी समस्या समाधान गर्न जिम्मेवारी दिएका छन् । चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीसमेतको टोलीसँग प्रारम्भिक...










