समाचार

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ । बिहीबार परिषद्ले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासमा सिफारिस गरेको छ । त्यस्तै बैठकले गोपाल प्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलास सहितलाई न्यायाधीश सिफारिस गरेको हो...

ट्रम्पको ट्यारिफ निर्णयको भोलिपल्टै चीनको तीव्र आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा निर्यात हुने सामानमा कुल ५० प्रतिशत अमेरिकी कर लगाउने निर्णयपछि चीनको कडा प्रतिक्रिया आएको छ। ट्रम्पले भारतले रुससँग तेल व्यापार जारी राखेकै कारण २५ प्रतिशत अतिरिक्त ट्यारिफ थप गरेपछि चिनियाँ राजदूत सु फेइहोङले सार्वजनिक रूपमा ट्रम्पको आलोचना गरेका हुन्। राजदूत सु फेइहोङले बिहीबार सामाजिक...

डोनाल्ड ट्रम्प र भ्यादिमिर पुटिनबीच भेटवार्ता गर्ने सहमति

काठमाडौं । अन्य कुनै अप्रिय अवस्था आएन भने आगामी केहीदिन भित्रैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ । विश्वकै उच्चस्तरीय भेटवार्तामा युक्रेनमा जारी युद्ध अन्त्य मुख्य एजेण्डा हुने जनाइएको छ । मस्कोस्थित राष्ट्रपति पुटिनका सहयोगीको अवाला दिँदै बीबीसीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने कुरा...

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आगामी आइतबार साउन २५ गते प्रदेशभर सार्वजनिक विदा हुने जनाएको हो । गाईजात्रा नेपालको परम्परागत सांस्कृतिक चाडहरूमध्ये एक महत्वपूर्ण पर्व हो, जसलाई विशेषगरी काठमाडौँ उपत्यकामा धूमधामसँग...

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो...

५० सह–सचिवको विदाई यसै बर्ष

काठमाडौं । चालु आर्थिक वर्षमा कुल ५० जना सह–सचिवहरु अनिवार्य अवकासमा जाने भएका छन् । निजामति कितावखानाले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा विभिन्न मन्त्रालय, आयोग तथा विभागमा कार्यरत सह–सचिवहरु अवकासमा जान लागेका हुन् । विवरण अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ८ जना सह–सचिव विदा अर्थात अवकास...

यातायात व्यवस्थाका कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पौडेलले सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो। पौडेलले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रिया छिटो...

भारतीय सामानमा ट्रम्पको दोब्बर कर, अब कुल ५०% महसुल लागू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि नै लागू गरिएको २५ प्रतिशत महसुलसहित अब भारतबाट अमेरिका निर्यात हुने सामानमा कुल ५० प्रतिशत महसुल लागू हुने भएको छ। ट्रम्प प्रशासनको यो कदम भारतले निरन्तर रूपमा रूसबाट तेल आयात गरिरहेकै सन्दर्भमा आएको...

अब संघीय अस्पतालहरूमा डिजिटल भुक्तानी सुरु

काठमाडौं । अब देशभरका सबै संघीय अस्पतालहरूमा डिजिटल माध्यमबाट सेवा शुल्क भुक्तानी गर्न सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अगुवाइमा संघीय अस्पतालहरूको सेवा प्रणालीलाई डिजिटल बनाउन सरकारले ठोस कदम अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सबै संघीय अस्पताल र प्रतिष्ठानहरूलाई पत्र पठाएर बिल भुक्तानी...

कोरियामा साना उद्योगमा कार्यरत श्रमिक गर्मी बिदाको सुविधाबाट बन्चित

दक्षिण कोरिया। दक्षिण कोरियामा गर्मीयामलाई लक्षित गरी दिइने गर्मी बिदाको सुविधा यहाँस्थित आधाभन्दा बढी उद्योगमा कार्यरत कामदारले पाउन सकेका छैनन्। ठूला उद्योगहरूले आफ्ना कामदारहरूलाई गर्मीयाममा दिइने बिदाको व्यवस्था गरे पनि यो सुविधा सबै श्रमिकसमक्ष पुग्न सकेको छैन। विशेषगरी कृषि क्षेत्रमा काम गर्ने श्रमिक र साना तथा मझौला उद्योगमा कार्यरत...