आज राष्ट्रियसभाको बैठक, यस्ता छन् कार्यसूची

तु खबर संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार ०९:०६

काठमाडौँ । राष्ट्रियसभा बैठक आज ११ बजे संसद् भवनमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

आजकै बैठकमा पाँच वटा संसदीय समितिको बैठक पनि बस्ने तय भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण हुने र त्यसबारे छलफल गरिने कार्यक्रम छ।