समाचार

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको आज बिहीबारको खेलमा नेपाल फराकिलो गोल अन्तरले विजयी भएको छ । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपाल ७-० गोल अन्तरले विजयी भएको हो । एक आत्मघाती गोल उपहार पाएको नेपालका समिक्षा मगरले २ गोल, कुसुम खतिवडा, सरिता नाथ, पूर्णिमा...

सहकारी विभागद्वा एकीकृत निर्देशिका २०८२ जारी

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशिका २०८२ जारी गरेको छ । असार ३२ गते बसेको सञ्चालकको निर्णय बमोजिम सहकारी क्षेत्रमा आएको परिवर्तनलाई सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्धन गर्न आवश्यक रहेकाले संशोधन गरी जारी गरेको हो । विभागका अनुसार सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋण लिँदाको बखतमा तोकिएको शर्त...

सुनचाँदी कारोबारमा कडाई: ग्राहकको परिचयपत्र अनिवार्य

काठमाडौँ । अब सुनचाँदी लगायतका बहुमूल्य धातु तथा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) ले प्रत्येक ग्राहकको पहिचान कडाइका साथ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २०८२ सालमा जारी गरेको निर्देशनमा वित्तीय प्रणालीको दुरुपयोग रोक्नका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रावधान थप सशक्त...

साफ यू–२०नेपालले आज श्रीलंकासित खेल्दै

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने भएको छ । प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । मंगलबार भारी...

डलरको भाउ बढ्यो, अरु मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २१ पैसाले बढेर खरीददर १३१.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ। यता एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.४५ रुपैयाँ र बिक्रीमूल्य ८९.८४ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.२२ रुपैयाँ र बिक्रीमूल्य ९.२६ रुपैयाँ र एक कतारी रियालको...

आज साउने संक्रान्ति, लुतो फालेर मनाइँदै

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ। आजको दिन विशेषगरी लुतो फालेर मनाइने गरिन्छ। हिन्दू पात्रो अनुसार साउन १ गते सूर्य कर्कट राशिमा प्रवेश हुने यो संक्रान्तिलाई गर्मीका रोग–व्याधिहरू हटाउने, शरीर शुद्ध बनाउने र धार्मिक कर्म गर्ने विशेष दिन मानिन्छ। विशेषतः आजको दिन लुतो फालेर यो पर्व मनाइने...

कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ

सिराहा । नेकपा एमालेबाट निर्वाचित सिरहा कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग  एक लाख रुपैयाँ घुस लिइरहेको सूचना आएपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । नगर प्रमुख साहलाई मंगलबार नगरपालिकाको कार्यालयबाटै...

जसपाको समर्थन फिर्ता : सरकार राष्ट्रियसभामा अल्पमतमा, सत्ता गठबन्धन कमजोर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थप दबाबमा परेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि सरकार राष्ट्रियसभामा समेत अल्पमतमा परेको छ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकार समर्थक नेपाली कांग्रेससँग १६ र नेकपा एमालेसँग ११ सिट छन्। साथै, सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १...

गाजामा युद्धविरामको प्रयासः राष्ट्रपति ट्रम्प र कतारी प्रधानमन्त्रीबीच भेटवार्ता तय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्यको प्रयासस्वरूप आगामी बुधबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। रिपोर्टहरूका अनुसार दुई नेताबीचको यो महत्वपूर्ण भेटमा गाजा युद्धविराम र इरानसँगको आणविक वार्ताबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। यसअघि अमेरिकी समाचार संस्था एक्सियोसका रिपोर्टर...

नेपाली सेनाका २१ जनाको बढुवा

काठमाडौँ । नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ । मन्त्रिपरिषद्ले एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको जानकारी दिइएको हो । सरकारका प्रवक्ता तथा सूचना...