समाचार
राज्य व्यवस्था समितिका सभापतिद्वारा राजीनामा घोषणा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सो पदबाट राजीनामा दिएका छन् । कुलिङ पिरियडमा भएको गडबडीपछि उनलाई राजीनामा दिन चौतर्फी दबाब थियो । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले राजीनामा दिएका हुन् । सो समितिबाट पारित भएको विधयेकमा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी प्रावधानमा गम्भीर त्रुटी...
नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न भारतको अनुमति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि अनुमति दिएको छ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ। यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति दिएको...
मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
हेटौंडा । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि आज दिउँसो ४ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ । बहादुर सिंह लामालाई नेपाली काँग्रेस संसदीय दलको नेतामा पराजीत गरेपछि सत्ताघटक नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले...
कलंकी नापी कार्यालयका कार्यालयसहयोगी १३ हजार घुससहित रंगेहात पक्राउ
काठमाडौं — काठमाडौंको नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित टोलीले उनलाई कार्यालय परिसरभित्रैबाट नियन्त्रणमा लिएको हो। कुँवरले चन्द्रागिरीस्थित जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउन आएका एक सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले यसबारे अख्तियारलाई जानकारी दिएपछि...
भारतको उत्तराखण्डमा बाढीपहिरोमा परेर बेपत्ता २६ नेपालीको नाम सार्वजनिक
काठमाडौँ — सरकारले भारतको उत्तराखण्डमा गएको बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ। साउन २० र २१ गते का दिन आएको बाढीपहिरोमा परेर भारतको उत्तराखण्डमा २६ जना नेपाली हराएका थीए। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उक्त विवरण सार्वजनिक गरेको हो।
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायलमा
काठमाडौं — प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमणपछि नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन्। इजरायली सरकारको पहलमा उनीहरू सोमबार इजरायल प्रस्थान गरेका हुन्। विपिनलाई मुक्त गराउन अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल सरकारले जोशी परिवारका सदस्यलाई झिकाएको...
युद्ध अन्त्यका लागि भारतको सहयोग आवश्यक: जेलेन्स्की
काठमाडौं — युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन्। यो वार्ता भारतले रुसी तेल खरिदका कारण अमेरिकाबाट उच्च करको सामना गरिरहेको बेला भएको हो। जेलेन्स्कीले जारी गरेको विज्ञप्तिअनुसार, उनले भारतलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न शान्ति प्रयासमा सहयोग गर्न आग्रह गरेका छन्। “यो महत्त्वपूर्ण...
रवी लामिछानेलाई कारागार बाहिरै बसेर मुद्धा लड्न दिन अदालतद्वारा अस्वीकार
बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै दायर गरेको निवेदन उपर जिल्ला अदालत रुपन्देहीले माग बमोजिमको आदेश जारी गर्न अस्वीकार गरेको छ । सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले बाहिरै बसेर पुर्पक्ष गर्न माग गर्दै निवेदन दिएकोमा सो...
नेपाल–अष्ट्रेलिया सम्बन्ध ६५ वर्षमाः हरित ऊर्जा र सहकार्यका नयाँ सम्भावनामा एकमत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छिन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरेका छन्...
पुँजी बजार फेरि राताम्य, त्रसित लगानीकर्ता शेयर बिक्री तिर हाबि
काठमाडौँ — पुँजी बजार सोमबार पुनः राताम्य बनेको छ। गत बिहीबारको वृद्धि पछि बजार आज फेरि ओरालो लाग्दै लगानीकर्ताको मनोबल कमजोर बनेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावमा केही समय उकालो लागेको बजार पछिल्ला दिनमा लगातार खुम्चिँदै आएको हो। केही साताअघि नेप्से ३००० बिन्दु पार गरेपछि ३२०० माथि...










