समाचार

गठबन्धनका कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका...

सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने क्यानको तयारी

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो । क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । सन्दिपमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप...

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको पाँचौ अर्थात बिहीबार नेप्से परिसूचना सामान्य अंकले गिरावट आएको छ । उचारचढावकाबीच बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको हो । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख...

थप २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं । नेपालमा थप २२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनामो नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ जनाको मृत्यु भएको छ भने १६८ जना संक्रमणमुक्त...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहीबार बिहान लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १८ चनौलि बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । गुरुङलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी भैसेबाट प्रहरी...

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

काठमाडौं । ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश...

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । काठमाडौं,को चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फालेलुङ गाउँपालिका–५ बस्ने २४ वर्षीय राकेश थाम्सुहाङ रहेका छन् । सिलगुडीबाट काठमाडौंतर्फ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्वरको बसलाई...

पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा अवरुद्ध बनेको मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात संचालनमा आएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ तिरतिरेधारास्थित बुधबार बिहान वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय...

गठबन्धन : कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप...

दक्षिण कोरियामा हिनामनोर आँधीमा परेर सात जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ । उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए ।...