थप २२७ मा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १५:५१
file-photo

काठमाडौं । नेपालमा थप २२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनामो नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ जनाको मृत्यु भएको छ भने १६८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित २ हजार ४७३ जना रहेका छन् ।