सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पाँचौ अर्थात बिहीबार नेप्से परिसूचना सामान्य अंकले गिरावट आएको छ । उचारचढावकाबीच बिहीबार शेयर बजारमा झिनो अंकको गिरावट आएको हो । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन र लगानी समूह बढेको छ भने सर्वाधिक अन्य समूहको १।३३ प्रतिशतले घट्न पुगेको छ ।
