अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । काठमाडौं,को चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्रामसहित प्रहरीले एक जनालाई बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फालेलुङ गाउँपालिका–५ बस्ने २४ वर्षीय राकेश थाम्सुहाङ रहेका छन् । सिलगुडीबाट काठमाडौंतर्फ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्वरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
