समाचार

रिपोर्टर्स क्लवमा जेनजी अभियन्ता गुरुङको पत्रकार सम्मेलनमा हंगामा

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले आइतबार रिपोर्टर्स क्लवमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामापूर्ण बनेको छ। गुरुङले प्रस्तुत गरेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरूबीच वाकयुद्ध चर्किँदा हात हालाहालको अवस्था सिर्जना भएको हो। परिस्थिती तनावग्रस्त बनेपछि पत्रकार सम्मेलन प्रत्यक्ष प्रशारण (लाइभ) समेत तत्काल रोकिएको क्लवले जनाएको छ। विवादका...

जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु

काठमाडौं । गत आइतबारदेखि सुरु भएको जेनजी आन्दोलनमा परी हालसम्म ७२ जनाको मृत्यु भएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म  कुल ७२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३...

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

काठमाडौं । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उनले भने, ‘बुधबार...

यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसम्बन्धी सेवा तथा विद्युतीय सवारी दर्ता सम्बन्धी सबै सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ। आइतबार विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ कि विभागको संरचनामा तोडफोड, आगजनी, चोरी तथा लुटपाटको...

जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, मृतक परिवारलाई १०–१० लाख राहत

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ । आज पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठकमार्फत सो निर्णयमा हस्ताक्षर गरेकी हुन् । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा...

सुशीला कार्कीले पदभार ग्रहण, अन्तरिम सरकारको पहिलो महिला नेतृत्व

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै औपचारिक कार्यकाल सुरु गरेकी छन् । जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई मुलुकको ४२औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । उनी सिंहदरबार...

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालाृे लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिोलाला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ५७० रुपैयाँ...

लन्डनमा अध्यागमन विरोधी प्रदर्शन : २६ प्रहरी घाइते, २५ पक्राउ

ब्रिटेनको राजधानी लन्डनमा अति-दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आह्वान गरेको अध्यागमन विरोधी प्रदर्शन हिंसात्मक बन्दा ठूलो झडप भएको छ । मेट्रोपोलिटन प्रहरीले दिएको जानकारीअनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि “प्रक्षेपण आक्रमण” र “हल्ला” गरेका थिए । यस क्रममा २६ प्रहरी अधिकारी घाइते भएका छन् भने २५ जना पक्राउ परेका छन् ।...

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग, नयाँ अभियानको घोषणा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पूर्वसांसद रेशम चौधरीले आफू ‘नागरिक उन्मुक्ति पार्टी’ (नाउपा) बाट अलग भएको घोषणा गरेका छन् । पछिल्लो समय चौधरी र अध्यक्षसमेत रहेकी उनकी श्रीमती रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद बढ्दै गएको थियो । चौधरीले अब छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृत जानकारी सार्वजनिक गर्ने...

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नेछिन् । प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन– जी आन्दोलनकारीले आगजनी गरेपछि क्षति भएको छ...