समाचार
भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला
काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्। कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन नसकिएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुमानअनुसार आगलागीका बेला चोरीको प्रयास...
कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको बक्यौता उठाउने
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि उनले यही विषयमा कडाइ गरेका थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग...
शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूले गरे शपथ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १५ हजार १०० रुपैयाँमा खरिदबिक्री...
राष्ट्रपति भवनमा आज साढे ११ बजे मन्त्रिपरिषद् सदस्यहरूको शपथ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन्। पहिलो चरणमा विस्तार हुन लागेको मन्त्रिपरिषद्मा अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीका साथै कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई शहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय...
देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षा हुनसक्ने चेतावनी
काठमाडौं । अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन सक्रिय रहेकाले सोमबार दिनभर देशका विभिन्न भागमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थान र तराईका केही भागमा...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैङ्कले (सोमबार) आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३...
संगीतकार, साहित्यकारभन्दा पनि गीतकारकै रूपमा चिनिदिऊन्
माता लक्ष्मीदेवी र पिता तुलसीबहादुरको कोखमा विक्रमाब्द १९९१ माघ १५ गते जेष्ठ सुपुत्रको रुपमा वीरगञ्ज माईस्थानमा जन्मनु भएका घणबहादुर महर्जन नेपाली साहित्य जगतमा ‘भीम विराग’को नाममा चिर–परिचित हुनुहुन्छ । उहाँको दुखेको इन्द्रेणी (गीतसंग्रह), तातो सुस्केरा (कवितासंग्रह), आठ टुक्रे बादल (कथासंग्रह), अतृप्त स्पर्श (गीतसंग्रह), अज्ञात प्रारम्भ (खण्डकाव्य), स्वर सम्राटको सम्झना...
जीतपुरसिमरा उपमहानगरपालिकामा सेवा सुरु
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आजबाट आफ्नो दैनिक प्रशासनिक कामकाजको सुरुवात गरेको छ । जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको कार्यालय आजबाट खुलेको र कामकाज सुरु गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले आजबाट कार्यालयको कामकाज सुरु भएको जानकारी दिए । यसअघि बसेको ४७ औँ...
मकवानपुरमा २ महिनाकी सुत्केरीमाथि बलात्कार
मकवानपुर । यहाँको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । प्राप्त सूचन अनुसार, महिलाको श्रीमानलाई बाँधेर ती सुत्केरीमाथि बलात्कार भएको हो । गत शुक्रबार बेलुका राक्सिाराङ गाउँपालिका वडा नं. १ गुन्द्रुङ भन्ने ठाउँमा २४ वर्षीया सुत्केरी महिलामाथि बलात्कार भएको हो । एक अपरिचित व्यक्ति...









