समाचार
कोशी, मधेससहित आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ...
प्रदेशसभाको सञ्चालन अनकुल समयमा गर्ने काँग्रेस संसदीय दलको निर्णय
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको सञ्चालन अनुकुल समयमा गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षमा बसेको सो बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसित संवाद गरी अनुकुल समयमा निर्णय गरिने प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए । जेन जी आन्दोलनपछि...
गुरु पद्मसंभवको १५० फिट अग्लो मुर्ती निर्माणस्थलमा एबीसी केबल सहयोग
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नं. ९ मा गुरु पद्मसम्भवको १५० फिट अग्लो मुर्ती निर्माणका लागि गाउँपालिकाको समन्वयमा नेपाल विद्युत प्राधिकरणले ७ सय मिटर केबिसी बिजुलीको तार हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको नेतृत्वमा सो विद्युतीय तार निर्माण समितिलाई हस्तान्तरण गरेको हो । बोधिचार्य फाउण्डेसनले बौद्ध धर्मका...
जेनजी आन्दोलनमा बैंक लुटपाट: ५ करोड नगद र १८ केजी सुन लुटियो
काठमाडौं । जेनजी आन्दोलनका क्रममा बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्र ५ करोड रुपैयाँ नगद र १८ केजी सुन लुटिएको छ। उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको...
सुनको मूल्यमा गिरावट
काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँ ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा दुई हजार ५५० रुपैयाँमा कारोबार भइरहेको हो ।
बागमती प्रदेशसभाका सभामुख पाठकले पदबाट राजीनामा दिए
काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार उपसभामुख अप्सरा चापागाईंलाई आधिकारिक राजीनामा पत्र बुझाएका हुन्। गत २४ भदौमा जेनजी आन्दोलन चर्किएपछि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले औपचारिक प्रक्रिया पुरा गर्न आज पत्र बुझाएका हुन् । उनले ह्वाट्स एपमार्फत पनि उपसभामुखलाई पत्र...
जेन–जी आन्दोलनले रोकिएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक...
आज राष्ट्रिय शोक दिवस, देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले आन्दोलनका क्रममा शाहादत प्राप्त गरेकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ। आज राष्ट्रिय झण्डा पनि आधा झुकाइने छ। गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाहदत प्राप्त गरेकाहरु व्यक्तिहरुलाई शहीद घोषणा गर्दै उनीहरुलाई राष्ट्रिय सम्मानका सहित अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ...









