समाचार

पहिले संसद् विघटन त्यसपछि कार्कीलाई प्रधानमन्त्रीको सपथ

काठमाडौं । दिनभरको छलफलपछि संघीय संसद् विघटन गरी सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ । सहमति अनुसार, आजै संघीय संसद् विघटन हुनेछ । त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीको सपथ गराउने तयारी राष्ट्रपति कार्यालयको छ । अहिले राष्ट्रपति भवनमा यस सम्बन्धी आवश्यक गृहकार्य भइरहेको छ । यसअघि...

शीतल निवासमा कडा सुरक्षा, साम्पाङ–घिसिङको नाममा युवाहरूको आन्दोलन

काठमाडौँ । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने जोरदार माग गरेका हुन्। यसअघि शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आएको भए पनि ती युवाहरू निरन्तर विरोधमा रहेको देखिएको छ। आन्दोलनमा...

भारी वर्षाका कारण आधा दर्जन विमान आकाशमै होल्ड

त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल बनेको छ । काठमाडौँ उपत्यकामा भारी वर्षा हुँदा आधा दर्जन विमान आकाशमा नै फन्को मारिरहेका हुन् । भिजिबिलिटी कमजोर हुँदा अवतरण हुन सकेका छैनन् । लामोसमयदेखि आकाशमा नै होल्ड हुन पुगेका छन् ।  \

शेयर बजार स्थायित्वका लागि धितोपत्र बोर्डलाई ज्ञापनपत्र

काठमाडौँ । पछिल्ला दिनहरूमा देशभर उत्पन्न भएको राजनीतिक अस्थिरता र आन्दोलनका कारण उत्पन्न परिस्थितिले शेयर बजारमा ठूलो प्रभाव पारेको भन्दै ‘पुँजीबजार सुधार अभियान’ अन्तर्गत विभिन्न संघ–संस्थाले नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर भएको र बजारमा अनावश्यक बिक्री दबाब बढ्दै गएको भन्दै तत्काल शेयर...

राजनीतिक अस्थिरताबीच असोज २ गतेसम्म शेयर बजार बन्द

काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त...

जेन जी प्रर्दशनी: दुई दर्जन होटलमा २५ अर्बको क्षति

काठमाडौं । होटल संघ नेपालले यसै हप्ताको आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएको जनाएको छ। संघका अनुसार सो घटनाबाट स्वदेशी तथा विदेशी ब्राण्डका नाम चलेका होटलहरूसमेत प्रभावित भएका छन्। संकलित प्रारम्भिक विवरणअनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ...

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्। प्रहरीका अनुसार मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिला समेत परेका छन्। हालसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ भने अन्य जिल्लामा पनि...

जेनजी प्रदर्शनमा मृत्यु भएका शवको पोस्टमार्टम सुरु

काठमाडौं । सोमबारको जेनजी प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूको शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको छ। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ३६ वटा शव पोस्टमार्टमका लागि पुगेका छन्। तीमध्ये ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए। बाँकी शवहरूको पनि क्रमशः पोस्टमार्टम गरिने...

सिंहदरबारमै नयाँ सरकार गठन हुने : मुख्य सचिव अर्याल

काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकार सिंहदरबारमै गठन हुने र त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारेका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताए। सिंहदरबार जलेपछि प्रधानमन्त्रीको कार्यालय नारायणहिटीमा सारिने भन्ने चर्चा चलेपनि त्यसको खण्डन गर्दै...

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ५६५...