समाचार
कतारमा जारी यु-१७ विश्वकप : जापानद्वारा पोर्चुगल पराजित
गिरिजा अधिकारी कतार, दोहा । फिफा यु-१७ विश्वकप २०२५ को समूह चरण अन्तर्गत नोभेम्बर ९ मा भएको जापानबिरुद्ध पोर्चुगलको खेल निकै प्रतिस्पर्धात्मक बन्यो । प्रतिस्पर्धात्मक यस खेलमा जापानले पोर्चुगललाई २-१ गोल अन्तरले पराजीत गरेको हो । जापानका तर्फबाट हारुतो कासागीले गोल गर्दै आफ्नो समूहलाई खेलमा अग्रता दिलाएका थिए भने...
राजनीतिक संगठनको मान्यता खारेज गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका पार्टीगत संगठनलाई अब मान्यता नदिने निर्णय गरेको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामार्फत विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबीच राजनीतिक गतिविधि बढ्दै गएर शैक्षिक वातावरण र गुणस्तरमा नकारात्मक असर परेको गुनासो बढेपछि यस्तो निर्णय लिएको जनाएको छ । मन्त्रालयको सूचनामा भनिएको...
राताम्य पुँजी बजारः निराश बन्दै लगानीकर्ता
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । गत बिहिबार घटेको बजारले आज पनि तल झर्ने क्रम जारी राखेको हो । पछिल्लो समय बजारमा निरन्तर उतारचढाव देखिन थालेको छ, जसले साना र अनुभवहीन लगानीकर्तालाई फस्ने जोखिम बढाएको छ । बजार बढ्दा आशावादी भएर शेयर खरिद गर्ने र...
डेडिकेटेड लाइन विवादमा प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई सहजीकरण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले महसुल भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न तथा उद्योगीहरूको पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन मन्त्रालय र प्राधिकरणलाई कात्तिक २१ गते पत्र...
काठमाडौं महानगरपालिकाद्वारा खुला रुपमा फोहोर बाल्न निषेध
काठमाडौं महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि खुला स्थानमा फोहोर बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो कार्य नगराउन सबैलाई अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार, चिसो मौसम सुरु हुनासाथ काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक रूपमा बढ्ने र यसले जनस्वास्थ्यमा...
सुकुम्बासी बस्ती हटाउने निर्णयप्रति जेन–जि मुभमेन्ट अलायन्सको आपत्ति
काठमाडौं । जेन–जि मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन, तयारी र सहमतिबिना बस्ती हटाउने तयारी गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायपूर्ण र सहमतिको व्यवस्थापन नगरी बलपूर्वक बस्ती...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला ३ हजार १५...
रास्वपाको विस्तारित बैठक सम्पन्न, महाधिवेशन निर्वाचनपछि गर्ने निर्णय
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। देशभरका करिब ४ सय आमन्त्रित प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रूपान्तरणबारे विस्तृत छलफल गरिएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैठकले आगामी फागुन...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाउने संकेत देखिएपछि बैठकबाट बाहिरिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन्। प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सोनलले भने, “म आजकै मितिदेखि मुख्यमन्त्री पदबाट राजीनामा...
अफ्ताब आलमप्रति कांग्रेसको श्रद्धाञ्जली, बैठक कात्तिक २५ गते
काठमाडौं । नेपाली कांग्रेसको आइतबार साढे ११ बजे बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद अफ्ताव आलमको निधनका कारण बैठक स्थगित गरिएको हो। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो...










