समाचार

फेरी घट्यो सुनको मूल्य,चाँदी महँगियो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९६५...

लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सुरक्षित

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। उक्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र सवार रहेका थिए। दुर्घटनामा हेलिकप्टरमा क्षति पुगेको भए पनि पाइलट खड्का सुरक्षित रहेको बताइएको छ।...

दक्षिण कोरियामा ट्रम्पको आगमन: सी जिनपिङसँग उच्चस्तरीय वार्ता

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एसिया भ्रमणको तेस्रो तथा अन्तिम चरणअन्तर्गत दक्षिण कोरिया आइपुगेका छन्, जहाँ उनले एशियाली आर्थिक शिखर सम्मेलनमा भाग लिने, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग द्विपक्षीय वार्ता गर्ने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय बैठक गर्ने अपेक्षा गरिएको छ। दक्षिण कोरियाको ग्योन्जु सहरमा एयर...

सरकार, राजनीतिक दल र जेनजीबीच पहिलोपटक त्रिपक्षीय वार्ता आज

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माणका लागि सरकारले पहिलोपटक राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग प्रत्यक्ष त्रिपक्षीय वार्ता गर्न लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज (बुधबार) अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त वार्ता सुरु हुने कार्यक्रम छ। प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४०.९३ रुपैयाँ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२७ रुपैयाँ र बिक्रीदर ९.३१ रुपैयाँ कायम भएको छ भने एक यूएई दिरामको खरीददर ३८.३७ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ कायम भएको छ। त्यसैगरी...

शेयर बजारमा सुधार : लगानीकर्तामा उत्साह

काठमाडौँ । आज शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिनमा सामान्य सुधारको संकेत देखिएको बजार आज भने पूर्ण रूपमा हरियालीमा बाँधिएको छ। बजारमा आएको यस सुधारसँगै लगानीकर्तामा उत्साह छाएको छ। नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय क्रमशः शेयर बजारप्रति सकारात्मक देखिँदै गएका छन्। राष्ट्र...

तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

काठमाडौँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज एक माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले सडकमा नियन्त्रण गुमाउँदा सडकछेउको भित्तामा ठोक्किएको थियो। दुर्घटनाको क्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल...

विप्लव नेतृत्वको नेकपा दल दर्ता प्रक्रियामा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ। प्रवक्ता खड्गबहादुर विश्वकर्मा, स्थायी समिति सदस्य तथा कार्यदल संयोजक कर्णजित बुढाथोकी, सदस्य चिरञ्जीवी ढकाल, नेता सन्तोष बुढामगरलगायतका नेताहरू वकिल टोलीसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ पुग्ने तयारीमा छन्। विप्लव नेतृत्वको नेकपाले आगामी...

निरन्तर सुनको मूल्यमा भारी गिरावट

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९...

पश्चिमी वायुको प्रभावः उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात

काठमाडौं । एकाएक मौषममा आएको परिवर्तनसँगै देशका उच्च पहाडी भागहरूमा व्यापक हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ, मनाङको ट्याङ्की मनाङ लगायतका क्षेत्रमा अहिले व्यापक हिमपात भइरहेको स्थानीयहरूले जनाएका छन् । जल तथा मौषम विभागका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात हुने सम्भावना रहेको छ ।...