समाचार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५६ रुपैयाँ र बिक्रीदर १४२.१६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.७० रुपैयाँ र बिक्रीदर ९२.०९ रुपैयाँ र एक क्यानेडियन डलरको खरीददर १००.१७ रुपैयाँ र बिक्रीदर १००.६० रुपैयाँ तोकिएको छ। यस दिन एक मलेसियन रिंगिटको...
प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध रिटमा अन्तरिम आदेश अस्वीकार
काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलासले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयको कारणबारे सोधपुछ गरे पनि रिटमाथि तत्काल रोक लगाउने आदेश नदिएको हो। अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र...
काठमाडौंमा १० कम्युनिस्ट घटकहरूको एकता राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अग्रसरतामा १० वटा कम्युनिस्ट घटकहरू एकीकृत हुँदै एकीकृत पार्टीको घोषणा गर्न लागेका हुन्। सम्मेलनको औपचारिक शुरुवात माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित...
काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा विस्तार
काठमाडौं । अब राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थलका साथै संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ सेवा विस्तार गरिएको हो। मन्त्रालयका अनुसार यसअघि स्थापन भएका स्थानमा मर्मतसम्भार,...
झाँक्रीसहित असन्तुष्ट समूह एमाले फर्किने तयारीमा
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत १०० भन्दा बढी नेता–कार्यकर्ता एमालेमा फर्किने तयारीमा रहेका छन्। झाँक्रीसहितको समूहले विनासर्त एमालेमा फर्किने निर्णय गरेको र बुधबार बिहान बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गर्ने तयारी गरेको...
न्यूयोर्कमा ममदानीको ऐतिहासिक विजय: सहरका पहिलो मुस्लिम मेयर
काठमाडौं ।जोहरान ममदानी, ३४ वर्षीय प्रजातान्त्रिक समाजवादी नेता, न्यूयोर्क शहरका मेयर निर्वाचित भएका छन्। श्रमिक वर्गका मुद्दा र प्रगतिशील नीतिहरूमा केन्द्रित रहेर उनी राष्ट्रिय स्तरमा चर्चामा आएका थिए। ममदानीले स्वतन्त्र उम्मेदवार तथा पूर्व गभर्नर एन्ड्र्यू कुओमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्दै ऐतिहासिक विजय हासिल गरेका हुन्। सीएनएनको...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४१.५६ रुपैयाँ र बिक्रीमल्य १४२.१६ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.०६ रुपैयाँ र बिक्रीदर ९२.४५ रुपैयाँ, एक सिंगापुरे डलरको खरीददर १०८.४५ रुपैयाँ र बिक्रीदर १०८.९१...
महाधिवेशन मितिमाथि सहमति खोज्दै कांग्रेस कार्यसमिति बैठक सुरु
काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु भएको छ । महाधिवेशनको मिति निर्धारणमा मतभेद भएपछि रोकिएको बैठक करिब एक घण्टा ढिलो गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो। बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुरु गरेका छन्। बैठकको प्रारम्भिक सत्रमा खड्काले एजेन्डा...
सामाजिक अभियान्ता निकोलस भूसाल पक्राउ
काठमाडौं । प्रहरीको निगरानीमा रहेका डा. निकोलस भूसाल पक्राउ परेका छन् । उनले समाजलाई भड्काउने तथा विवादस्पद अभिव्यक्ति दिदै आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं ल्याउने...
आगजनी घटनामा सर्वोच्च र जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी
काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। अदालतहरूले प्रहरीलाई बुझाएको जाहेरीमा कसैको नाम किटान गरिएको छैन। अदालत प्रशासनका अनुसार, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि जाहेरी...









