समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । अमेरिकी डलरको भाउ एकैदिन ७२ पैसाले बढेर एक डलरको खरीददर १४१.७२ पैसा र बिक्रीदर १४२.३२ पैसा कायम भएको छ। राष्ट्र बैंकका अनुसार यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.६६ रुपैयाँ र बिक्रीदर ९४.०५ रुपैयाँ कायम भएको छ भने १० जापानिज येनको खरीददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३...
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ । गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक...
टोपबहादुर रायमाझी सोमबार कारागारमा उपस्थित
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते अन्य कैदीबन्दीसँगै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार कारागार फर्किएका छन् । केन्द्रीय कारागारले रायमाझी हिजो कारागारमा उपस्थित भएको पुष्टि गरेको छ । ‘उहाँ हिजो फर्किनुभएको हो,’ कारागार प्रशासनले जानकारी दिएको छ । भुटानी शरणार्थी...
सरकारद्वारा तीनजना सचिवको सरुवा
काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको जनाएको हो । मन्त्रिपरिषद्को निर्णयले गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना...
सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० पुग्दै नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन प्रतितोला तीन हजार ९० रुपैयाँले वृद्धि भई सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको...
पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्। दुर्गा प्रसाईंले आज दिउँसो साढे १ बजे भक्तपुर कमेरोटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलनको आयोजना...
जवाङ खोलामा ठूलो पहिरो मुग्लिन–काठमाडौं सडकखण्ड बन्द
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा गएराति खसेको सुख्खा पहिरो अझै पन्छाउन सकिएको छैन। रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ। गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि तत्कालै ठूलो मात्रामा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। प्रहरीले...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज ३५ पैसाले बढेर खरीदमूल्य १४१ रुपैयाँ र बिक्रीमूल्य १४१.६० रुपैयाँ कायम भएको छ। यस दिन १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, १०० दक्षिण कोरियन वनको खरीददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१७...
उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहणः पुर्ननिर्माणमा स्वदेशी उत्पादन
काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले पुर्ननिर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने निर्णय गरेका छन् । मन्त्रीको रुपमा आज पदभार ग्रहण गर्दै उनले पुर्ननिर्माणमा फर्निचर र निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले सहिद र घाइतेका परिवारलाई रोजगारीको प्रबन्ध गर्ने...
सञ्चारमन्त्रीद्वारा पदभार ग्रहणः दश सहरमा निशुल्क इन्टरनेट विस्तार गरिने
काठमाडौं । सात प्रदेशका ठूला दश सहरहरुमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने गरी तयारी गर्न नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्देशन दिएका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएसँगै पदभार ग्रहण गर्ने समयमा सात प्रदेशका दश सहरहरुमा निशुल्क इन्टरनेट विस्तार गर्ने निर्णयमा...









