समाचार

बाग्मती प्रदेशसभाको भवनमा आगजनी

हेटौडामा  रहेको बाग्मती प्रदेशसभा को नवनीर्मीत भवनमा प्रदर्सनकारीहरुले आगजनी गरेका छन ।अहीले आगलागी भइरहेको छ। यसैगरी नेपाली काङग्रेस ,नेकपा एमाले र माओबादी केन्द्र तथा मुख्य मन्त्री इन्द्रबहादुर बानिया हेटौडा उपमहानगर पालीकाको मेयर मिना कुमारी लामा लगयतका घर तथा अख्तीयार अनुसन्धान  दुरुपयोग आयोग को कार्यालयमा समेत प्रदर्सनकारीहरुले आगो लगाएका छन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द, सबै उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) पूर्ण रूपमा बन्द गरिएको छ। आकाशमा रहेका जहाजहरूलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गर्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेका कारण हवाई सुरक्षा प्रतिकूल बनेको भन्दै विमानस्थल बन्द गरिएको हो।...

प्रधानमन्त्री ओलीको बालकोटस्थित निजी निवासमा आगजनी

काठमाडौँ । जेन जी आन्दोलन चर्कँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, बालकोटस्थित निजी निवासमा मंगलबार प्रदर्शनकारीले आगजनी गरेका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका विभिन्न स्थानबाट ओली निवासतर्फ अघि बढेका थिए। आन्दोलनकारीहरूले नाराबाजी गर्दै निवास परिसरमा आगो लगाएका हुन्। घटनाको क्रममा...

खानेपानीमन्त्री प्रदीप यादवद्वारा राजीनामा

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएको उनको स्वकीय सचिवालयले जनाएको छ । हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको...

रास्वपाका सबै सांसदको सामूहिक राजीनामाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। पार्टी कार्यालय बनस्थलीमा बसेको आकस्मिक संसदीय दलको बैठकले आजै संसदमा दिएको प्रतिनिधित्व त्याग गर्ने निर्णय गरेको हो। जेन–जी आन्दोलन चर्किएपछि रास्वपा यो निष्कर्षमा पुगेको हो। पार्टी सभापति रवि लामिछानेले सोमबार नक्खु कारागारबाटै अपिल जारी गर्दै...

जेनजी आन्दोलन आक्रामक : शीर्ष नेतादेखि दलका कार्यालयसम्म तोडफोड र आगजनी

काठमाडौं । जेनजी आन्दोलन मंगलबार अझै आक्रामक बनेको छ । सोमबार १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरू मंगलबार बिहानैदेखि विभिन्न शीर्ष नेताहरूको निवासदेखि दलका केन्द्रीय कार्यालयसम्म तोडफोड र आगजनीमा उत्रिएका छन् । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले सुरुमा ढुंगामुढा गरी त्यसपछि आगजनी गरेका...

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार...

प्रचण्ड र अन्य नेताको निवासमा आगजनी

काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलन अन्तर्गत मंगलबार शीर्ष नेताहरूका निवास र कार्यालयलाई लक्षित गर्दै प्रदर्शन तीव्र बनेको छ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेपछि आगजनी गरेका छन् । मंगलबार बिहानै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर, सुनाकोठीस्थित घरमा पनि आन्दोलनकारीले आगजनी...

कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा

काठमाडौं । जेनजी आन्दोलनमाथि भएको सरकारी दमनप्रति असहमति जनाउँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका अधिकारीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै २०८२ भाद्र २३ गते भएको प्रदर्शनमा युवापुस्तामाथि भएको दमनलाई “अलोकतान्त्रिक कदम” भन्दै पद त्यागेको घोषणा गरेका हुन्...

कर्फ्यु तोड्दै जेनजी युवा सडकमा, संसद भवन अगाडि हजारौंको भेला

काठमाडौं । सरकारले लगाएको अनिश्चितकालीन कर्फ्यु आदेश अवज्ञा गर्दै जेनजी पुस्ताका युवाहरु आज बिहानैदेखि काठमाडौंमा सडकमा उत्रिएका छन् । सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी १९ जनाको ज्यान गएपछि आक्रोशित साथी तथा आफन्तहरुले आज बिहानैदेखि संसद भवन अगाडि भेला भई सरकारविरुद्ध विरोध सुरु गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं...