समाचार
अविरल वर्षा कम हुँदै, आज पनि पूर्वी र तराई क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं । गत शुक्रबार रातिदेखि निरन्तर परिरहेको अविरल वर्षा आजबाट क्रमशः कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि विभागका अनुसार आज विहान देशका अधिकांश स्थानमा बदली रही केही ठाउँमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसोको समयमा सामान्य बदली रहने र...
हेटौंडा काठमाडौं जोड्ने सबै सडकमा सवारी चलाउन रोक
हेटौंडा । जिल्ला सुरक्षा समितिको निर्णयपछि हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा अन्य सडकबाट सवारी आवागमनमा रोक लगाइएको छ । वर्षाका कारण उच्च सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सबै बैकल्पिक तथा मुख्य सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो । अर्को निर्णय नभएसम्मका लागि हाललाई तीन दिन...
दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय जानकारी दिएको छ । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी...
निरन्तर वर्षापछि मनोहरा–विष्णुमति आसपास उच्च जोखिम
काठमाडौं । अविरल वर्षासँगै काठमाडौं उपत्यकामा बागमती, मनोहरा, विष्णुमति र नख्खु खोलासहितका नदी–खोलाको जलस्तर बढेपछि तटीय बस्तीहरू डुबानमा परेका छन्। विशेषगरी बागमती किनारका सुकुम्वासी बस्तीमा पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्। ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकामा जलस्तर ३.५८ मिटर पुगेको छ। त्यस्तै,...
प्रमुखलाई कार्यालयमा अनिवार्य उपस्थित हुन सरकारको निर्देशन
काठमाडौँ । सरकारले जिल्लास्तरका सबै कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थलमै उपस्थित हुन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार सूचना जारी गर्दै जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत कार्यस्थलमा उपस्थित हुने व्यवस्था मिलाउन पत्राचार गरेको छ । जल तथा मौसम विज्ञान...
अविरल वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्ध,सवारीसाधन दुवैतर्फी होल्ड
काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न प्रमुख राजमार्गहरूमा सवारी साधन सञ्चालनमा अवरोध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ सार्कीपोखरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जबाङखोला, रामेछापको गोकुलगंगा गाउँपालिका–८ पुजाखोला र...
आन्तरिक उडान–अवतरण बन्द
काठमाडौं । मौसम खराब भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान–अवतरण बन्द गरिएको छ । उडान हुन नसकेकाले आन्तरिक टर्मिनलमा यात्रुहरुको भिड लागेको छ । कतिपय वायु सेवा कम्पनीहरुले यात्रुहरुले काटेको टिकट क्यान्सिल गराइरहेका छन् । कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म पानी परिरहेको छ । पानीको मात्रा...
लामो दूरीका यातायात तीन दिनका लागि बन्द, यात्रुलाई सुरक्षित घरमै बस्न आग्रह
काठमाडौँ । लगातार वर्षासँगै उत्पन्न हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले शनिबार बिहान जारी गरेको अत्यन्त जरुरी सूचनामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने...
चितवनको मुग्लिन क्षेत्रमा पहिरोको जोखिम, राजमार्गमा सवारी आवागमन बन्द
काठमाडौं। निरन्तर भइरहेको वर्षाका कारण चितवनको मुग्लिनस्थित तुइन खोलालगायतका क्षेत्रमा ढुंगा खस्ने घटना दोहोरिन थालेपछि आज बिहानदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ६:०० बजेदेखि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सवारी सञ्चालन रोकिएको हो। तुइन खोलामा आएको पहिरो र निरन्तर ढुंगा...
गाजा युद्ध अन्त्यतर्फ: हमास–इजरायल वार्ताको सुरुआत
काठमाडौं । महिनौँदेखि जारी गाजा युद्ध अन्त्य गर्ने प्रयासबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत शान्ति योजनाले नयाँ मोड लिएको छ। इजरायली प्रधानमन्त्रीको कार्यालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै हमासको प्रतिक्रियापछि योजनाको पहिलो चरण “तुरुन्तै कार्यान्वयन” गर्न तयारी गरिएको जनाएको हो। यसअघि हमासले बन्धकहरूको रिहाइबारे “तुरुन्त वार्ता” गर्न तयार रहेको...










