समाचार
आगामी दुई दिन देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै आगामी दुई दिन देशभर वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम प्रभावित हुने छ। बुलेटिनअनुसार...
उपचारका लागि सिंगापुर जाँदै शेरबहादुर देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर प्रस्थान गर्न लागेका छन् । आज राति ९ बजे देउवा, पत्नी तथा सांसद आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर रवाना हुने कार्यक्रम रहेको उनका पारिवारिक स्रोतले जनाएको छ । भदौ २४ गते भएको जेन जी आन्दोलनको दोस्रो...
प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनलाई सफल बनाउन आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेका छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महानपर्व छठको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गरेका हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय...
लगातार ओरालो लाग्दै सुन–चाँदीको मूल्य
काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले भारी गिरावट आएका सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा थप २ हजार रुपैयाँले कम हुँदै २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको...
एक करोड १० लाख अबैध रकमसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँसहित सानो भर्याङबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङको निलकण्ठ नगरपालिका–२ घरकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ अबैध रकमसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूबाट ठूलो रकमसँगै सुनका विभिन्न गरगहनाहरू...
गुप्ता र शर्मा मन्त्री नियुक्त, दुबै जनाद्वारा पदभार ग्रहण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले आज दुई जना मन्त्रीहरु नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई सपथ गराएका छन् । बब्लु गुप्ता र डा. सुधा शर्मालाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...
उतार चढाबका बीच शेयर बजारमा झिनो सुधार
काठमाडौँ । दिनभरी उतार चढाब भएको शेयर बजार अन्तिममा भने समालिएको छ । बजार सुरुवातदेखी नै राताम्य यात्रा गरिरहेको थियो । तर, अन्तिम समयमा आएर बजार एकल अकंले बढ्न पुगेको हो । हाल लगानीकर्ताको मनोबल कमजोर रहेको छ । राजनीतिक अस्थिरताका साथै देशको अर्थतन्त्रमा देखिन सक्ने खतरालाई लिए लगानीकर्ता...
आयोजना अलपत्र पार्नेमाथि कठोर कदम: घिसिङको निर्देशनमा ठेक्का रद्द
काठमाडौं । ठेक्का सम्झौता गरेर वर्षौँदेखि काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्तिमा सरकारले कठोर कदम चाल्न थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायहरूले १२ वटा सिँचाइ तथा ४० वटा सडक र पुल निर्माणका रुग्ण ठेक्का अन्त्य गर्ने प्रक्रिया अघि बढाएका छन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार साविकको...
सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा आइपुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर प्रतितोला ३...
चार नयाँ मन्त्री थपिँदै, आजै शपथग्रहण हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा चार नयाँ मन्त्री थपिने भएका छन्। मन्त्रिपरिषद् विस्तारका लागि डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम टुंगो लागेसँगै आजै शपथ ग्रहणको तयारी गरिएको छ। प्रधानमन्त्री कार्कीले उनीहरूको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले जनाएको छ। स्वास्थ्य तथा...









