समाचार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काडमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ कायम हुँदा एक मलेसियन रिंगिटको खरीददर ३३.६३ रुपैयाँ र बिक्रीदर ३३.७७ रुपैयाँ कायम भएको छ। त्यसैगरी १०० दक्षिण...

पोखराको लिचीबारी जग्गा घोटाला: दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आज केहीबेर अघि मुद्दाको फाइल विशेष अदालतमा दर्ता गराएको हो। घुस लेनदेन र जग्गा दुरुपयोगसम्बन्धी यो प्रकरण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकालमा भएको हो। मुद्दामा...

नेपाल र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौता

काठमाडौं ।  नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ। नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको...

शान्ति–सुरक्षा सुदृढ पार्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति–सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। हाल मुलुकमा विकसित राजनीतिक परिस्थितिप्रति ध्यानाकर्षण गराउँदै आयोगले सरकारलाई संयमतापूर्वक आवश्यक कदम चाल्न निर्देशन दिएको हो। बुधबार जारी विज्ञप्तिमा आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन र सामाजिक सद्भाव कायम...

सुनको मूल्यले फेरि नयाँ रेकर्ड तोड्यो, तोलामै २६ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। आज तोलामै २६ सय रुपैयाँले वृद्धि भएर अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उच्च मूल्य कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...

वाशिंगटनमा कार्नी–ट्रम्प भेट : व्यापार तनावबीच सौहार्दपूर्ण संवाद

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वाशिंगटनमा भएको भेटवार्तामा व्यापार तनावका विषयमा छलफल गरेका छन्। महिनौँदेखि जारी असमझदारी र अमेरिकी शुल्क नीतिबारे क्यानाडाको असन्तुष्टिका बीच पनि दुबै नेताबीचको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ। भेटअघि कार्नीले ट्रम्पसँग हात मिलाउँदा व्यङ्ग्यात्मक रूपमा भने, “मैले तिम्रो...

देशभरका विभिन्न राजमार्ग अवरुद्ध, केही स्थानमा एकतर्फी सुचारु

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज पनि देशभर अविरल वर्षा र बाढी–पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्। कोशी राजमार्ग संखुवासभाको एकुवा र बरुणखोलामा अवरुद्ध रहेको छ भने बीपी राजमार्ग सिन्धुलीको नेपालथोक र काभ्रेका विभिन्न स्थानहरूमा पहिरो खसेका कारण यातायात ठप्प भएको छ। मध्य पहाडी लोकमार्ग र कोशी लोकमार्ग...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक सिंगापुरे डलरको खरीददर ९३.३८ रुपैयाँ र बिक्रीदर ९३.७७ रुपैयाँ तोकिएको छ भने एक साउदी अरेबियन रियाललको खरीददर ३७.७९ रुपैयाँ र बिक्रीदर ३७.९५ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण...

जाँचबुझ आयोगको स्पष्टीकरण – फौजदारी कसुरमा कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने

काठमाडौं । भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका घटनाबारे गठित जाँचबुझ आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै फौजदारी कसुरमा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल...

दक्षिण एसियाको आर्थिक वृद्धि सुस्त, नेपालको अवस्था झन् कमजोर

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ का लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ। यसअघि ५.२ प्रतिशत हुने अनुमान गरिएको वृद्धिदर अब घटेर २.१ प्रतिशतमा झरेको विश्व बैंकले जनाएको छ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३–८४ को वृद्धि दर पनि ५.५ प्रतिशतबाट घटाएर ४.७ प्रतिशत प्रक्षेपण गरिएको छ।...