समाचार

दुई खेलमा स्तब्ध वेस्ट इन्डिज अन्तिम खेलमा विजयी

काठमाडौं । सिरिजका दुई खेलमा नेपालसित पराजीत विश्वकप विजेता वेस्ट इन्डिजले अन्तिम खेलमा भने विजय हात पारेको छ । संयुक्त अरब इमिरेट्सको सारजाह रंगशालामा जारी सिरिजको अन्तिम खेलमा १० विकेटले वेस्ट इन्डिज विजयी भएको हो । यस अघि लगातार नेपालसित हार व्यहोरे पनि अन्तिम खेल वेस्ट इन्डिजको पक्षमा गयो...

आर्यतारा शाक्य नयाँ कुमारी, विधिवत् रुपमा आसन ग्रहण

काठमाडौं । नयाँ कुमारीका रूपमा इतुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई सिंहासनमा विराजमान गराइएको छ। शाक्य महाविहार संघले सहरका १५ बहालबाट योग्य बालिकाको नाम सिफारिस गरेपछि निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिले आर्यतारा शाक्यलाई कुमारीका रूपमा छनोट गरेको हो। आज मध्याह्नको शुभसाइतमा विधिविधानसहित कुमारी घर प्रवेश गराई...

दशैंमा तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पालिकाहरुले चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गरिने बताएका छन् । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि पालिकाहरुले तलब खुवाउन ढिलासुस्ती गरेको र अनेक बहाना देखाइ तलब नखुवाएको गुनासोको आधारमा अनुसन्धान गर्ने मन्त्री पुनले बताएका हुन्...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ २८...

ट्रम्प–नेतान्याहू बीच २० बुँदे योजनामा सहमति

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त घोषणामा गाजामा करिब दुई वर्ष लामो युद्ध अन्त्य नजिक पुगेको बताएका छन्। नेतन्याहूले युद्धविरामका लागि ट्रम्पले अघि सारेको २०-बुँदे योजनामा सहमति जनाएपछि अब बाँकी निर्णय हमासको हातमा रहेको बताइएको छ। ट्रम्पले प्रस्तुत गरेको योजनाले इजरायलले सम्झौता सार्वजनिक रूपमा स्वीकार गरेको...

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, दुईतर्फी आवागमन ठप्प

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिकै सोमबार ठूलो पहिरो खसेपछि दुुवैतर्फी सवारीसाधनको आवागमन बन्द भएको छ। डिभिजन सडक कार्यालयका अनुसार तैनाथ अवस्थामा रहेका ३ वटा उपकरणमार्फत निरन्तर रूपमा पहिरो पन्छाउने काम भइरहेको छ। तर, लगातार पहिरो खसिरहेकाले सडक खुल्न थप समय लाग्ने अनुमान गरिएको छ। चाडपर्वको अवसरमा गन्तव्यतर्फ...

विभागद्वारा डेढसय व्यापारिक प्रतिष्ठानबाट ९३ लाख जरिवाना

काठमाडौं । बाणिज्य विभागले चालु आर्थिक वर्षको दुई महिनाको अवधीमा १ सय ५४ व्यापारिक प्रतिष्ठानबाट ९२ हजार ८० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुगमन निर्देशक अमित झाका अनुसार गत् साउन १ गतेदेखि असोज ११ गतेसम्ममा ८ सय २२ पटक अनुगमन गरिएको थियो । यसमध्ये १५४ व्यापारिक प्रतिष्ठानमा...

सिन्धुलीमा भ्यान दुर्घटना हुदाँ १३ जना घाइते

काठमाडौं । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना...

प्रधानमन्त्री कार्कीको विजयादशमी सन्देश :दशैंमा टिका नलगाउने घोषणा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादशैंमा–२०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आफ्नो शुभकामना सन्देशमा मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा सबैलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले यसवर्षको दसैंमा आफूले टिका नलगाउने...

इजरायली आक्रमणमा गाजाको सबैभन्दा ठूलो अस्पताल घेराबन्दी, सयौं बिरामी संकटमा

काठमाडौं । इजरायली सेनाले गाजा सहर कब्जा गर्ने क्रममा गाजाको सबैभन्दा ठूलो मेडिकल कम्प्लेक्स अल–शिफा अस्पताल वरिपरि तीव्र आक्रमण थालेपछि सयौं बिरामी, चिकित्सक र स्वास्थ्यकर्मी जीवन–मरणको सङ्घर्षमा परेका छन्। अस्पतालका निर्देशक डा. हसन अल–शायरका अनुसार कम्तीमा १०० बिरामी अत्यन्तै कठिन परिस्थितिमा उपचाररत छन्, तर औषधि र आवश्यक उपकरण अभावले थप...