समाचार

बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आव सुन प्रतितोला दुई लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५५ रुपैयाँमा आइपुगेको...

कर दिवस–२०८१: विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरू सार्वजनिक

काठमाडौँ । कर दिवसका अवसरमा आ.व. २०८०/०८१ को आय विवरणका आधारमा विभिन्न क्षेत्र तथा विधामा उच्चतम कर योगदान गर्ने करदाताहरूको सूची सार्वजनिक गरिएको छ। आन्तरिक राजस्व विभागले देशको कर प्रणालीमा उदाहरणीय भूमिका निर्वाह गर्ने उत्कृष्ट करदाताहरूको नाम यस वर्ष पनि घोषणा गरेको हो। सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा...

काठमाडौं सडक डिभिजनले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि अलपत्र परेका २५ रुग्ण ठेक्का तोडेका छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका तर काम नगरी आयोजना अधुरै छोडेका ठेकेदारका ठेक्का सोमबारबाट औपचारिक रूपमा समाप्त गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास...

एनपीएल–२ आजदेखी, उद्घाटन खेलमा जनकपुर–काठमाडौंको भिडन्त

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। मंसिर २७ गतेसम्म चल्ने यो प्रतियोगितामा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।...

भीमफेदीमा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

मकवानपुर । यहाँको बुङ्दल खोला पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका– ५ र भीमफेदी गाउँपालिका– १ को सिमानास्थितमा पर्ने यो खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुई जनाकै पहिचान भने हालसम्म खुल्न सकेको छैन...

महाधिवेशन समयमै गर्न नेपाली काँग्रेस बागमती प्रदेशको केन्द्रलाई अनुरोध

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश समितिले पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्न केन्द्रीय समितिलाई अनुरोध गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमिति, प्रदेश संसदीय दल तथा प्रदेशका १३ जिल्ला सभापतिहरूको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो । प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भक्तपुरमा सम्पन्न...

चार जना राजदुतले दिएको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएपछि राजीनामा दिएका चार जना राजदुतको राजीनामा स्वीकृत भएको छ । जेन जी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले राजदुतबाट फिर्ता बोलाउने निर्णय गरेपछि चार जना राजदुतहरुले राजीनामा दिएका थिए । उनीहरुको राजीनामा परराष्ट्रमन्त्री समेत रेहकी कार्कीले स्वीकृत गरेकी हुन् । सरकारले फिर्ता बोलाउने...

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज

काठमाडौं । निर्वाचन आयोगमा हाल १२२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाको दिन पनि १२२ दल दर्ता थिए र हाल पनि सोही संख्या कायम छ। यसबीच सातवटा दल खारेज भएका छन्...

दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रियामा

काठमाडौँ । दुर्गा प्रसाईंको समर्थनमा गठन गरिएको नागरिक बचाउ दल दर्ताका लागि निवेदन निर्वाचन आयोगमा पुगेको छ। आइतबार सभापति माधव खतिवडा (माधव कल्पित) सहितका सदस्यहरू आयोगमा उपस्थित भई सनाखत गराइसकेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका प्रसाईंको यही अभियानसँग मिल्दोजुल्दो नाममा दल दर्ता...

विद्युतीय कारोबारमा बढ्दो रुचि: मोबाइल बैंकिङमार्फत साढे ५ खर्बको लेनदेन

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा देशमा विद्युतीय कारोबारमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । २०८२ असोजमा डेबिट कार्ड प्रयोगकर्ताहरूले कुल १ करोड ८ लाख कारोबारमार्फत १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्। त्यसैगरी,...