समाचार

विश्व बैंकबाट नेपालले एक अर्ब १३ करोड कार्बन अनुदान पाउने

काठमाडौं । नेपालले विश्व बैंकबाट एक अर्ब १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । विश्व बैंकको फरेष्ट कार्बन साझेदारी परियोजना अन्तर्गत उक्त अनुदान पाउन लागेको हो । विश्व बैंकले जनाए अनुसार नेपालले १.८८ मिलियन टन कार्बन डाईअक्साईड घटाएबापत सो अनुदान पाउन लागेको हो । वल्र्ड बैंकको नेपालस्थित कार्यालयका...

ट्रम्प भेनेजुएला सैन्य हस्तक्षेपमा निर्णयको नजिक

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सम्भावित सैन्य हस्तक्षेपबारे आफ्नो निर्णय अब धेरै नजिक पुगेको संकेत दिएका छन्। पछिल्ला दिनहरूमा उनलाई भेनेजुएलामा सैन्य अपरेशनका विस्तृत विकल्पहरूबारे उच्च–स्तरीय ब्रीफिङहरू दिइँदै आएको छ, जहाँ अमेरिकी सेनाले यस क्षेत्रमै ठूलो सैन्य शक्ति आक्रामक रूपमा प्रदर्शन गरिरहेको छ। स्रोतका अनुसार ट्रम्पलाई राष्ट्रपति निकोलस...

फागुन २१ को निर्वाचन लक्षित दल दर्ता आज अन्तिम

काठमाडौँ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसंगै निर्वाचन आयोगले आह्वान गरेको राजनीतिक दल दर्ताको समय आज (कात्तिक ३० गते) अन्त्य हुँदैछ। आयोगले तय गरेको कार्यालय समय समाप्त भएपछि नयाँ दल दर्ताको अवधि औपचारिक रूपमा बन्द हुनेछ।फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन र...

मतदाता नामावली संकलनको म्याद ५ दिन थपियो

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि थप ५ दिन समय दिने निर्णय गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका अनुसार हाल बढ्दो चापका कारण दर्ता प्रक्रिया सहज बनाउन म्याद थपिएको हो। प्रधानमन्त्री सुशीला कार्की लगायत सरोकारवाला पक्षबाट दर्ता अवधि थप्न सुझाव प्राप्त भएपछि आयोगले समय वृद्धि गरेको...

रास्वपाका सन्तोष परियारद्वारा पार्टी त्याग, वामपन्थी धारमा नयाँ अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले रास्वपाको सदस्यता त्याग गर्दै वामपन्थी धारको राजनीतिक अभियानमा सक्रिय हुने उद्देश्य व्यक्त गरेका छन्। परियारले आजै रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका...

केन्या संसदद्वारा वाणिज्यदूत चन्द्र टण्डनलाई सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई केन्या संसदमा विशेष सम्मान गरिएको छ। सभापतिले टोलीलाई सम्मानपूर्वक अभिवादन गर्दै नेपाल–केन्या द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन्। यो मान्यताले २०२५ जुनमा—केन्याका उच्चायुक्तको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिएको कन्सुलेट कार्यालयको प्रोफाइल अझै उच्च बनाएको विश्वास गरिएको...

कांग्रेसको १५ औँ महाधिवेशनबारे २५ जना केन्द्रीय सदस्यहरूको ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षमा रहेका २५ जना केन्द्रीय सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा ७ बुँदे मागसहित केन्द्रीय कार्यालय सानेपामा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउने क्रममा केन्द्रीय सदस्य उदय शमशेर राणाले पार्टीको विधानअनुसार मंसिर १५ भित्र महाधिवेशन सुरु गरी तहगत रूपमा सम्पन्न गर्नुपर्ने माग उठाएका छन्। उनीहरूको...

बैंकलाई गभर्नरको निर्देशन : जोखिम व्यवस्थापन कडा बनाउनुहोस्

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडलले बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्षहरुलाई अर्थतन्त्र, कर्जा प्रवाह, लगानी वातावरण र डिजिटल रूपान्तरणसँग जोड दिनु पर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौ साधारण सभामा गभर्नर पौडेलले वर्तमान चुनौती, कमजोरी र सुधारका...

महाभियोग प्रकरण: सभामुखद्वारा कारबाही, उपसभामुखद्वारा बदर

काठमाडौँ ।मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। सभामुख मण्डलले बिहीबार जनता समाजवादी पार्टी (जसपा–नेपाल)का चार र नागरिक उन्मुक्ति पार्टीकी एक सांसदलाई लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै पदमुक्त गरेको सूचना जारी गरेका थिए। पदमुक्त गरिएका सांसदहरूमा उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव,...

लालकिल्ला विस्फोट अनुसन्धान : अभियुक्त डा. उमर नबीको घर ध्वस्त

काठमाडौँ ।शुक्रबार सुरक्षा बलहरूले दिल्लीको लालकिल्ला नजिक हालै भएको कार विस्फोटको अनुसन्धानलाई तीव्र बनाउँदै मुख्य अभियुक्त डा. उमर नबीको पुलवामास्थित घर ध्वस्त पारेका छन्। कोइल गाउँमा रहेको उक्त घरलाई अनुसन्धानका क्रममा भत्काइएको हो। डा. नबीलाई सोमबार साँझ भएको कार विस्फोटमा प्रयोग गरिएको विस्फोटकयुक्त गाडीसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति मानिएको...