समाचार
लालकिल्ला विस्फोट अनुसन्धान : अभियुक्त डा. उमर नबीको घर ध्वस्त
काठमाडौँ ।शुक्रबार सुरक्षा बलहरूले दिल्लीको लालकिल्ला नजिक हालै भएको कार विस्फोटको अनुसन्धानलाई तीव्र बनाउँदै मुख्य अभियुक्त डा. उमर नबीको पुलवामास्थित घर ध्वस्त पारेका छन्। कोइल गाउँमा रहेको उक्त घरलाई अनुसन्धानका क्रममा भत्काइएको हो। डा. नबीलाई सोमबार साँझ भएको कार विस्फोटमा प्रयोग गरिएको विस्फोटकयुक्त गाडीसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्ति मानिएको...
नागार्जुन नगरपालिकामा अख्तियारको छापा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान काठमाडौंको नागार्जुन नगरपालिकामा छापा मारेको छ। नगरपालिकामा सामान खरिद गर्दा हिनामिना भएको उजुरी प्राप्त भएपछि अख्तियारको टोली खटिएको हो। अख्तियारले नगरपालिकाका वित्त, प्रशासन र खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको छ। प्रारम्भिक तथ्य संकलनपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाउने योजना...
अमेरिकी इतिहासकै सबैभन्दा लामो ४३-दिने सरकारी शटडाउन अन्त्य
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संघीय सरकार पुनः खोल्ने कोष प्याकेजमा हस्ताक्षर गरेपछि अमेरिकी इतिहासकै सबैभन्दा लामो ४३-दिने सरकारी शटडाउन अन्त्य भएको छ। प्रतिनिधिसभाले २२२–२०९ मतान्तरले पारित गरेको उक्त विधेयकले सरकारलाई आगामी जनवरीसम्म सञ्चालन गर्न र केही प्रमुख संघीय एजेन्सीहरूलाई वित्तीय वर्ष २०२६ को बाँकी अवधिसम्मका लागि कोष...
सुनको मूल्य एकैदिन तोलामा ५ हजार ९०० रुपैयाँले वृद्धि
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ रहेकोमा बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको छ। यससँगै सुनको भाउ फेरि साढे २ लाख नाघेको हो। महासंघले...
दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औं प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। उनका पूर्ववर्ती आईजीपी चन्द्र...
स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित ४ जनालाई मंगलबार दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी हमिद, रौतहट गुजरा नगरपालिका–२ बस्ने ७३ वर्षीय चन्द्रमान योन्जन र चीनियाँ नागरिक ३२ वर्षीय स्योङ चाङ–ये रहेका...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.४७ रुपैयाँ र बिक्रीदर ९२.८६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.९७ रुपैयाँ र बिक्रीदर १०१.४० रुपैयाँ र १० जापाजिन येनको खरीददर ९.१४ रुपैयाँ र...
रुस विरुद्ध प्रतिबन्धहरु घोषणा, सकियो जी ७ देशका विदेशमन्त्रीहरुको बैठक
गिरिजा अधिकारी ओन्टरियो, क्यानाडा । जी ७ देशका विदेशमन्त्रीहरुले महत्वपूर्ण विषयहरुमा बृहत छलफल गरेपछि केही निश्कर्षसहित जारी बैठक टुंग्याएका छन् । त्यसमा क्यानाडाका तर्फबाट रुस विरुद्ध थप प्रतिबन्धहरु समेत छन् । क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले जी ७ देशका विदेशमन्त्रीहरु र थप केही आमन्त्रित देशका विदेशमन्त्रीलाई स्वागत गरेपछि सुरु भएको...
क्यानाडामा जी ७ देशका विदेशमन्त्रीहरुको बैठक सुरु
ओन्टारियो, क्यानाडा । विदेशमन्त्री अनिता आनन्दले हिजो जी ७ देशका विदेशमन्त्रीहरुलाई ओन्टारियोको नायग्रामा स्वागत गरेकी छिन् । जी ७ मा आवद्ध बाहेक थप आमन्त्रित देशका विदेशमन्त्रीहरु पनि नायग्रा आइपुगेका छन् । आजसम्म चल्ने विदेशमन्त्रीहरुको वैठक सुरक्षा, आपसी हित र आर्थिक मामिलाहरुसँग केन्द्रीत छ । यसमा थप रुपमा अमेरिकी राष्ट्रपति...
राताम्य पुँजी बजारः निरन्तरको गिरावटले आत्तिए लगानीकर्ता
काठमाडौँ । पुँजी बजार आज दोहोरो अंकले घट्दै राताम्य भएको छ । मंगलबार केही सुधार देखिए पनि आजको बजारले पुनः गिरावट आएको हो । लगानीकर्ताले नयाँ उचाइमा पुग्ने आशामा लगानी गर्दा समेत पुँजी बजारको अस्थिरताले उनीहरूलाई निराश बनाएको छ । बजारमा सुधारका संकेत देखिए पनि सकारात्मक माहोल फैलिन सकेको...










