निर्वाचन सुरक्षामा सेना परिचालन राष्ट्रपतिद्वारा स्वीकृति

तु खबर संवाददाता
२०८२ मंसिर ११, बिहीबार १८:०८
file photo
file photo

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाली सेना परिचालन गर्ने निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको थियो।

मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा निर्वाचन सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्ने अनुमोदन गरेका हुन्।