समाचार

ट्रम्पद्वारा चीनका सामानमा थप १००% ट्यारिफ घोषणा,व्यापार युद्ध फेरि तीव्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा हाल लागिरहेको ३० प्रतिशत ट्यारिफ माथि थप १०० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। नोभेम्बर १ वा त्यसअघि नै यो निर्णय लागू भइसकेको ट्रम्पले जनाएका छन्। काठमाडौं ।ट्रम्पले शुक्रबार ट्रुथ सोशलमा पोस्ट गर्दै भने, “संयुक्त राज्य अमेरिकाले चीनमा १००% शुल्क लगाउनेछ,...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका २० निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् ।    

एमालेले भोलि काठमाडौंमा गर्न लागेको मोटरसाइकल र्यालीमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकटको युवा संघले असोज २५ गते शनिबारका दिन आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली र सभामा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने भन्दै कुनै पनि व्यक्ति वा समूहलाई र्याली, जुलुस, धर्ना, सभा...

भेनेजुएलाकी प्रजातन्त्र नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्र आन्दोलनकी नेतृ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नर्वेको राजधानी ओस्लोमा शुक्रबार आयोजित समारोहमा समितिले मचाडोलाई “भेनेजुएलाका जनताका लागि प्रजातान्त्रिक अधिकारको प्रवर्द्धन” गरेको योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्रदान गरेको हो। नोबेल समितिले मचाडोलाई “बढ्दो अन्धकारबीच पनि लोकतन्त्रको ज्योति निभ्न...

राष्ट्र बैंकको नयाँ व्यवस्था: सुन र विप्रेषणमा सहजता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म मात्र आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो। केन्द्रीय बैंकको नयाँ निर्णयअनुसार अब नेपाली तथा...

सरकारी सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षा वाईसीएलले सम्हाल्ने

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा व्यवस्थापन युवा कम्युनिस्ट लिग (वाईसीएल) ले सम्हाल्न थालेको छ । गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राख्ने पूर्वप्रधानमन्त्री र अन्य पूर्वपदाधिकारीहरूको सुरक्षा निकायलाई ती जनशक्ति तत्काल फिर्ता...

सुनको मूल्यमा ४ हजार २०० ले गिरावट, चाँदी महँगियो

काठमाडौँ । निरन्तर उकालो यात्रा गर्दै आएको सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनसम्म लगातार बढ्दो मूल्यको क्रममा रहेको सुन आज घटेपछि...

फिलिपिन्समा ७.५ रेक्टरको शक्तिशाली भूकम्प, ‘विनाशकारी सुनामी’ को चेतावनी

काठमाडौं । फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शुक्रबार बिहान ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अधिकारीहरूले ‘जीवन-खतरा’ लहरको उचाइको साथ ‘विनाशकारी सुनामी’ आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएका छन्। युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्र का अनुसार भूकम्प ६२ किलोमिटर गहिराइमा गएको हो। पहिलो सुनामी छालहरू...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३८.८९ रुपैयाँ र बिक्रीमूल्य ३९.०६ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.५९ रुपैयाँ र बिक्रीमूल्य ३८.७६ रुपैयाँ तोकिएको छ। त्यस्तै १०० दक्षिण कोरियन वोनको खरीदभाउ...

ओली–लेखकको मुद्दा आयोगले नहेर्ने, जाहेरी प्रहरीमै फिर्ता

काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त जाहेरी पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको थियो। तर आयोगले बिहीबार जारी...