समाचार
काठमाडौं महानगरपालिकाद्वारा खुला रुपमा फोहोर बाल्न निषेध
काठमाडौं महानगरपालिकाले वायु प्रदूषण नियन्त्रणका लागि खुला स्थानमा फोहोर बाल्न पूर्ण प्रतिबन्ध लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो कार्य नगराउन सबैलाई अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार, चिसो मौसम सुरु हुनासाथ काठमाडौंमा वायु प्रदूषणको मात्रा अत्यधिक रूपमा बढ्ने र यसले जनस्वास्थ्यमा...
सुकुम्बासी बस्ती हटाउने निर्णयप्रति जेन–जि मुभमेन्ट अलायन्सको आपत्ति
काठमाडौं । जेन–जि मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन, तयारी र सहमतिबिना बस्ती हटाउने तयारी गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “न्यायपूर्ण र सहमतिको व्यवस्थापन नगरी बलपूर्वक बस्ती...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला ३ हजार १५...
रास्वपाको विस्तारित बैठक सम्पन्न, महाधिवेशन निर्वाचनपछि गर्ने निर्णय
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। देशभरका करिब ४ सय आमन्त्रित प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रूपान्तरणबारे विस्तृत छलफल गरिएको प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैठकले आगामी फागुन...
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमै पदबाट राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाउने संकेत देखिएपछि बैठकबाट बाहिरिँदै आफ्नो राजीनामा घोषणा गरेका हुन्। प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सोनलले भने, “म आजकै मितिदेखि मुख्यमन्त्री पदबाट राजीनामा...
अफ्ताब आलमप्रति कांग्रेसको श्रद्धाञ्जली, बैठक कात्तिक २५ गते
काठमाडौं । नेपाली कांग्रेसको आइतबार साढे ११ बजे बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद अफ्ताव आलमको निधनका कारण बैठक स्थगित गरिएको हो। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो...
मधेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज विश्वासको मत लिदै
काठमाडौं ।मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले आज (शुक्रवार) प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनाल गत असोज २९ गते छ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मतका लागि मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। संविधानको धारा १६८ को उपधारा (४)...
गठबन्धन खुला तर पहिचानमा सम्झौता नहुने रास्वपाको निष्कर्ष
काठमाडौं ।पुराना राजनीतिक दलहरूको गठबन्धनप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि भने अन्य दल र समूहहरूसँग सहकार्य गर्न सकिने संकेत दिएको छ। तर, पार्टीको मौलिक पहिचानमा आघात पुग्नेगरी गठबन्धन नगर्ने स्पष्ट अडान लिएको छ।चितवनको सौराहामा शुक्रबारदेखि सुरु पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक...
सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको...
वैकल्पिक वाम ध्रुवीकरणतर्फ तीन नेताको छलफल
काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहलमा रहेका प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपाल (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव बीच आज बिहान ललितपुरको हरिसिद्धीमा भेटवार्ता भएको छ । शर्मा र भूसाल शुक्रबार बिहानै हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका थिए ।...








