समाचार

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन–जी युवाहरूको प्रदर्शन

काठमाडौं । जेन–जी आन्दोलनका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै आज टंगालस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन्। आज बिहान भएको प्रदर्शनमा सहभागी युवाहरूले “भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर”, “अख्तियारलाई राजनीतिक स्वार्थको उपकरण नबनाऊ” जस्ता नारासहित आयोगको निष्पक्षता र विश्वसनीयता प्रश्नमा...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य २ लाख ३५ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन पनि तोलामा २५ सयले बढेर रेकर्ड बनाएको सुनको मूल्यले आज फेरी २३ सयले बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन...

ट्रम्प प्रशासन र डेमोक्र्याट राज्यबीच कानुनी द्वन्द्व संघीय सेना तैनातीको विवाद

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेतृत्वका सहरहरूमा नेशनल गार्ड सेनाहरू तैनाथ गर्ने निर्णय गरेपछि संघीय र राज्य सरकारबीच कानुनी तथा राजनीतिक द्वन्द्व तीव्र बनेको छ। ट्रम्प प्रशासनको उक्त कदमलाई “गैरकानूनी, खतरनाक र असंवैधानिक” भन्दै इलिनोइस राज्य र शिकागो सहरले सोमबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। इलिनोइसले अदालतलाई आफ्नो...

पश्चिमी वायुको प्रभावले देशका पश्चिम भू–भागमा वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव देखिएको हो । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्यतया...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ तोकिंदा एक चाइनिज येनको खरीददर १९.९१ रुपैयाँ र बिक्रीदर २० रुपैयाँ तोकिएको छ। त्यसैगरी एक युएई दिरामको खरीदमूल्य...

बर पिपलुको म्यूजिक भिडियो सार्वजनिक

हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनी र बिना राईको स्वरमा रहेको बर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको...

दार्जिलिङमा भीषण बाढी–पहिरो, २८ जनाको मृत्यु

काठमाडौं । नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा ठूलो धनजनको क्षति पुर्याएको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दार्जिलिङको बाढी पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको र कैयौ बेपत्ता भएका छन् । दार्जिलिङको मिरिक...

मन्त्री घिसिङ र अर्यालसहितको उच्चस्तरीय टोलीको इलाम भ्रमण स्थगित

काठमाडौं । असोज १८र १९ गतेको भीषण वर्षाले इलाममा ठूलो जनधनको क्षति भएको छ । हालसम्म उक्त घटनामा ३७ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते र बेपत्ता छन् । पहिरो र बाढीका कारण राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरू भत्किएर क्षतविक्षत भएका छन् । उक्त विपद्ग्रस्त क्षेत्रको...

भैरहवामा अलपत्र यात्रुहरूलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं । दुई दिनदेखि अविरल वर्षाका कारण भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले सरकारको विशेष निर्देशनबमोजिम उद्धार उडान सञ्चालन गर्न लागेको जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकका अनुसार उद्धार उडान आज सोमबार दिउँसो २:४५ बजेका लागि सारिएको छ...

आज शेयर कारोबार बन्द, भोलिदेखि नियमित सञ्चालन हुने

काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। सरकारले सार्वजनिक बिदा खारेज गरे पनि आवश्यक तयारी नपुगेका कारण आज शेयर बजार सञ्चालनमा नआउने भएको हो। धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) र ब्रोकर कम्पनीहरू सबै तयार हुनुपर्ने भए पनि ती निकायहरू तयार नहुँदा...